विश्वमा जनसंख्याको वृद्धि सँगसँगै एकातिर खाद्यान्नको माग बढ्दै गइरहेको छ भने अर्कोतिर मानव मलमुत्रको कमजोर व्यवस्थापनले गर्दा फोहेरको समस्या पनि बढ्दै गइरहेको छ । कृषि उपजको बढ्दो माग र सीमीत खेतीयोग्य जमीनका कारण उत्पादन र उत्पादकत्व वृद्धि गर्न व्यावसायीक क्षेत्रहरुमा आयातित रासायनिक मल एवम् विषादीको अनियन्त्रित र असन्तुलित प्रयोग भईरहेको छ । फलस्वरुप, माटोको अम्लियपना वृद्धि हुनाका साथै माटोको संरचना रुखो एवं कडा हुँदै गईरहेको छ भने जैविक विविधताको ह्रास तथा वातावरणमा समेत प्रतिकूल असर परिरहेको छ । नेपाल लगायतका विकासोन्मुख देशमा रासायनिक मलको अभाव रहदै आएको छ । नेपालबाट वार्षिक अबै रुपैयाँ रासायनिक मलको आयातमा बाहिर गइरहेको अवस्था छ ।आर्थिक बर्ष २०७८/७९ मा मात्र २२७८३५.९२ मे.टन रासायनिक मल आयत गरिए ता पनि कृषकहरुले चाहेको समयमा विशेष गरेर दुर्गम क्षेत्रमा रासायनिक मल पाउन सकिरहेका छैनन् । बढ्दो बैदेशिक रोजगारीमा जाने क्रम सँगै गाईबस्तु पाल्ने काम पनि घट्दै जाँदा गाईबस्तुको मल पाउन कठिन हुँदै गएको छ। यी यावत कारणहरुले गर्दा अबका केहि वर्षहरुमा दिगो कृषि उत्पादनको लागि वैकल्पिक मलखादको स्रोतहरु खोज्नुनै पर्ने बाध्यता हामीसँग आइपरेको छ ।कृषि उत्पादनमा रासायनिक मलको वैकल्पिक स्रोतको रुपमा मानवमुत्र प्रयोग गर्न सकिन्छ । मानवमुत्र जुनसुकै ठाउँमा पनि पाइने एउटा प्राकृतिक स्रोत हो । नेपालका विभिन्न दुर्गम ठाउँहरु जहा रासायनिक मलहरु पाउन सकिंदैन त्यहाँ मानव मलमुत्र विना पैसा सजिलैसँग पाइन्छ । यसमा नाइट्रोजन लगायतका खाद्यतत्वहरु प्रशस्त मात्रामा पाइन्छ नेपालमा परापूर्वकालदेखि नै मानव मलमुत्रको प्रयोग भएको पाईन्छ । अहिले आएर कृषि उत्पादनमा मानवमुत्रको प्रयोग बढ्ने क्रममा छ केही वर्षयता आएर कृषि उत्पादनमा मानव मलमुत्रको प्रयोग बढेतापनि कृषकहरूमाझ मानवमुत्रको प्रयोग सम्बन्धमा उचित जानकारीको अभाव छ । नेपाल लगायत विभिन्न देशहरुमा भएको अनुसन्धानबाट प्राप्त जानकारी अनुसार मानवमुत्रको प्रयोगबाट कृषि उत्पादन राम्रो भएको तथा मानवमुत्र प्रयोग गरी उत्पादित कृषि वस्तुहरु उपभोगको लागि स्वास्थ्यको दृष्टिकोणले सुरक्षित पाइएको छ।
किन मानव मुत्र प्रयोग गर्ने त ?
- मानवमुत्र एक जैविक तरल मल (Biological liquid fertilizer) हो तथा यसमा बोटविरुवाको लागि आवश्यक मुख्य तत्वहरु नाइट्रोजन, फस्फोरस, पोटास मात्र नभएर विभिन्न सुक्ष्म खाद्यतत्वहरु तथा हर्मोनहरु समेत पाइन्छ।
- व्यक्तिको उमेर, खाएको खानेकुरा, मौसम हेरिकन मानवमुत्रमा खाद्यतत्व (Nutrients) को अनुपात फरक फरक हुन्छ।
- सामान्यतयाः नेपालमा एक लिटर मानव मुत्रमा ७.३ ग्राम नाइट्रोजन, ४.२ ग्राम फस्फोरस तथा २ ग्राम पोटास पाइन्छ ।
- मानवमुत्र मृगौलाबाट छानिएर आउने हुँदा मानव शरिरबाट बाहिर आउँदासम्म जिवाणुहरुबाट शतप्रतिशत मुक्त हुन्छ।
- सामान्यतया एक व्यक्तिले एक वर्षमा सरदर २.३-४ के.जी नाइट्रोजन, ०.३-०.४ के.जी. फस्फोरस, ०.९-१.१ के. जी. पोटास को उत्सर्जन गर्दछ ।
- एक जना व्यक्तिबाट उत्सर्जन भएको मानव मलमुत्रबाट एक जनालाई आवश्यक पर्ने खाद्यान्न उत्पादन गर्न सकिन्छ कृषि उत्पादनमा मानवमुत्रको प्रयोगबाट एकातिर त्यसै खेर गइरहेको स्रोतबाट मानवलाई आवश्यक पर्ने खाद्यान्न उत्पादन गर्न सकिन्छ भने अर्कोतिर अव्यवस्थित मानवमुत्रले गर्दा वातावरणमा पर्ने नकारात्मक प्रभावलाई न्युनीकरण गर्न सकिन्छ ।
- यो एउटा दिगो कृषि विकासको महत्वपुर्ण उपज हो।
के छ त महत्व ?
- दिर्घकालिनरुपमा माटोको उर्वराशक्तिलाई कायम गर्दछ र उत्पादन तथा उत्पादकत्वमा विकास हुन्छ,
- खेतबारीमा प्राङ्गारिक पदार्थको विकास हुन्छ ,
- माटोमा भएको पी.एच. मानलाई तथ्ट बनाउन सघाउ पुग्ने ,
- माटोमा फाइदाजनक शुक्ष्म जिवहरू (नाईट्रसोमोनास, एजेट्रोब्याक्टर, आदी) को विकास हुन्छ,
- शून्य लागतमा मल उत्पादन गर्न सकिने ,
- माटोको भौतिक तथा रासायनिक गुणमा सुधार गर्ने ,
- माटोमा चिस्यानको मात्रा लामो समयसम्म कायम राख्ने,
- उत्पादित बस्तुको भण्डारण क्षमता तथा गुणस्तरमा बृद्धि गर्दछ,
- यसको प्रयोगले बालिमा लाग्ने रोग किरा कम्तिमा ७५ प्रतिशत कम गर्दछ,
- सामान्यतय ५०-६० लिटर मुत्रले एक (१) रोपनी जग्गालाई पर्यापत हुन्छ।
मानव मुत्र प्रयोग गर्ने तरिका:
सामान्यतया आलो पिसाबमा अम्लियपन (पि एच- ५.५-५) बढी हुने तर मानवमुत्रलाई एक महिना जति डूममा बन्द गरी भण्डारण गरेर राख्ने राख्दा पि एच मान तथ्ष्ट ( पि एच ७) हुने र पिसाबमा फाईदा जनक नाईट्रोसोमोनास ब्याक्टेरियाको विकास तथा अन्य सुष्म जिवहरुको विकास हुन्छ।
तपशिल तरवले आवश्क अनुसार प्रयोग गर्न सकिन्छ:
- रोग किरा व्यवस्तापन गर्नको लागि पिसाबमा ४ देखी ५ भाग पानी मिसाई पात तथा हाँगामा स्प्रे गरी प्रयोग गर्न सकिन्छ।
फसल टिप्नु एक महिना अघि (Waiting period) नै मानवमुत्र प्रयोग गरिसक्नुपर्दछ ।
- मलको रुपमा प्रयोग गर्नको लागि १ भाग पिसावमा ४-५ भाग पानि पानी मिसाई हजारीको साहयताले क्यानोपी (विरुवाको छहारी) भागमाको माटोमा १५-20 से.मी चौडा, १५-20 से.मी गहिराई अथवा वालीको अवस्था अनुसार खाल्डा खन्ने र उक्त घोल लगाई माटोले छोप्नु उचित हुन्छ ।यसरी माटोले छोप्दा मानवमुत्रमा हुने नाइट्रोजन उडेर जाने प्रक्रियालाई कम गर्न सकिन्छ यसले मल तथा सिंचाई दुवैको काम गर्छ र सम्भव भए छापोको प्रयोग गर्न।
- बाली लगाउनुभन्दा पहिले कम्पोष्ट (Basal Dose को रुपमा) प्रयोग गर्ने र त्यसपछि १५ देखि २० दिनको अन्तराल (Split application) मा दुई देखि तीन पटकसम्म प्रयोग गर्दा उपयुक्त हुन्छ। बाली हेरिकन मानवमुत्रको मात्रा फरक पर्दछ बालीको नाइट्रोजन, फस्फोरस तथा पोटासको आवश्यकता हेरी प्रयोग गर्नुपर्दछ।
हामिले पिसाबलाई अन्य विकसित जैबिक तथा वनस्पतिक बिषादी तथा मल बनाउन पनि सकिन्छः
- झोलमल- १: खाद्यतत्त्व व्यवस्थापनका लागि,
- झोलमल- २ : रोग व्यवस्थापनका लागि र
- लमल- ३: कीरा व्यवस्थापनका लागि
झोलमल बनाउने तरिकाः
झोलमल-१
|
झोलमल-२
|
झोलमल-३
|
५० लि.को ड्रम
|
५० लि.को ड्रम
|
५० लि.को ड्रम
|
१७ के.जी.गाईको गोबर
|
२४.५ पिसाब
|
१६ ली. पिसाब
|
१६ ली. पिसाब
|
२४.५ लि.पानी
|
१६ लि.पानी
|
१६ लि.पानी
|
१ लि. ई.एम.झोल
|
१लि. ई.एम.झोल
|
१लि. ई.एम.झोल
|
|
१७ के.जी. वनस्पतिका पातहरु
|
अबको बाटोः
- कृषि प्रसारकर्ताहरुले मानव मुत्रको महत्वका बारेमा सम्पुर्णमा जनचेतना जगाउने,
- विभिन्न तहका सरकारले राट्रिय कृषि निती २०६१, दिगो विकास 2071 (2015) र प्राङगारिक कृषि प्रवद्धन मिशन कार्यक्रम कार्यन्वयन कार्यविधी २०७५ अनुसार कार्यक्रम कुनै प्रभावकारी स्थानको छनौट गरी उक्त स्थानमा सम्बन्धीत कार्यक्रम संचालन गरी त्यस स्थानलाई डेमोष्ट्रेशनको रुपमा विकास गरी लैजान सकिन्छ,
- मुत्र संकलन गर्ने प्रविधियुक्त चर्पी (ईकोशान चर्पी) को विकास सकिन्छ।
चुनैतीहरुः
शुरुशुरुमा मानवमुत्रको प्रयोग गरी उत्पादन गरेका फलफूल, तरकारीहरु खान उपभोक्ताहरुमा हिच्किचाहट हुन सक्छ । मानवमुत्रको संकलन गर्ने ठाउँबाट खेतबारीसम्म लैजाँदा तथा बालीनालीमा प्रयोग गर्दा गन्ध आउने हुन्छ।
लेखक
सरोज राई
अधिकृत स्तर छैटौ, बाली संरक्षण,
कृषि ज्ञान केन्द्र संखुवासभा
Masters of Sustainable Agriculture, Silpakorn University, Thailand.