संखुवासभाको खाँदबारीमा रहेको मकालु बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यलाई १० प्रतिशत बोनस बाड्ने भएको छ । संस्थाको १२ औ साधारणसभाको अवशरमा मकालु बचत तथा ऋण सहकारीले ६ सय १८ जना सदस्यलाई नाफाको १० प्रतिशत बोनस बाड्ने निर्णय गरेको हो । संस्थाका अध्यक्ष सीता शाक्यले विनियम अनुसार शेयर लाभांश कोषमा प्राप्त रकम शेयर सदस्यलाई बाड्न लागेको बताउनु भयो ।
साधारणसभाको अवशरमा उत्कृष्ठ शेयर सदस्य कृष्णबहादुर श्रेष्ठ, उत्कृष्ठ नियमित बचतकर्ता गणेश श्रेष्ठ, उत्कृष्ठ मुद्धती निक्षेपकर्ता रसिला शाक्य, उत्कृष्ठ ऋणी अभिकला राई र नरवहादुर विक सम्मानीत भएका छन् । त्यस्तै, व्यवस्थापक जेनी शाक्य, सहव्यवस्थापक सुनिता श्रेष्ठ, बजार प्रतिनिधि कविता कोइराला र सम्झना पोखरेल मगरलाई पनि संस्थाले सम्मानपत्र द्वारा सम्मानित गरेको छ ।
खाँदबारीमा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष तथा प्रमुख अतिथि युवराज शाक्यले तरलताको अवश्थामा पनि यो सहहकारी संस्थाले शेयर सदस्यलाई बोनस बितरण गर्न लागेकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले आर्थिक मन्दी र जताततै सहकारी संस्था डुविरहेको अवश्थामा संखुवासभाको खाँदबारी जस्तो दुर्गम जिल्लामा स्थापित सहकारीले बोनस बाड्नु उपलव्धी भएको बताउनु भयो ।
कार्यक्रममा संखुवासभा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष डेगराज बस्नेत, जनमैत्री साकोसका अध्यक्ष छत्रमणी पन्त, अडिटर राजीव श्रेष्ठ, मकालुका कोषाध्यक्ष पूर्ण चौहान लगायतले आर्थिक मन्दीमा पनि सहकारीले बोनस बितरण गरेकोमा खुसी व्यक्त गर्नु भयो ।
यसैबीच साधारणसभाले सीता शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । ७ सदस्यिय कार्यसमितिको उपाध्यक्षमा रविन्द्रनाथ खनाल, सपिचवमा दीपेन्द्र शाक्य, कोषाध्यक्षमा राजकुमार शाक्य र सदस्यहरुमा रोशनकुमार श्रेष्ठ, कोपीला श्रेष्ठ र रुकमणी पोखरेल रहेका छन् । त्यस्तै ऋण समितिको संयोजकमा कुमार श्रेष्ठ, सदस्यमा रमेश भट्टराई र मनिषा सुबेदी रहेका छन् । त्यस्तै लेखा समिति संयोजकमा गणेश श्रेष्ठ, सदस्यमा शर्मिला मास्के र प्रवेश बज्राचार्य चयन भएका छन् ।