खाँदबारी । जिल्ला अदालत सङ्खुवासभाले मादी हत्या प्रकरणमा संलग्न ५ जना मध्ये ४ जनालार्ई आजीवन कारावासको फैसला सुनाएको छ । जिल्ला अदालत सङ्खुवासभाले एकै परिवारका ६ जनाको हत्या संम्लग्नलाई ४ जनालाई आजीवन र एक जनालाई २५ वर्षको दुई तिहाइ कारावास फैसला सुनाएको हो ।
गत २०७८ भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या भएको थियो । सङ्खुवासभा जिल्ला अदालतका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले एकै परिवारका ६ जनाको हत्यामा संम्लग्न ५ जनालाई कसुरदार ठहर गर्दै सोमबार फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार स्रेस्तेदार केदार प्रसाद गौतमले जानकारी दिनुभयो ।
हत्यामा संम्लग्न मादी –१ का २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्कीलाई आजीवन कारवास र १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको दुई तिहाइ कारावास फैसला सुनाएको श्रेस्तेदार गौतमले बताउनुभयो । जिल्ला अदालतका न्यायाधीश आचार्यको इजलासले सोही दिन मृतक परिवारको राहत कोषमा ४ जनाले दुई,दुई लाख रुपैयाँ क्षतिपुर्ती र पीडित राहत कोषमा २८ सय रुपैयाँ रकम समेत जम्मा गर्ने आदेश भएको जिल्ला अदालत सङ्खुवासभाले जनाएको छ ।
उनीहरु सबै मृतक तेजबहादुर परिवारकै नाताका व्यक्तिहरु हुन् । जिल्ला प्रहरी सङ्खुवासभाले पनि ४ जना विरुद्ध आजीवन कारवास सजाय माग दाबी गरेको थियो । गत २०७८ भदौ २१ उम्लिङ खोला गाउँका ५५ बर्षीय ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
हत्यामा संम्लग्न भएका १७ बर्षीय नरेशलाई बाल सुधार गृह भक्तपुर र अन्य चार जनालाई जिल्ला कारागार खाँदबारीमा राखिएको थियो ।
घटनाको विवरण यस्तो थियो घटना घटेपछी इलाका प्रहरी कार्यालय चैनपुर, जिल्ला प्रहरी कार्यालय संखुवासभा, १ नम्बर प्रदेश प्रहरी कार्यालयका डिआइजी अरुण कुमार बिसि को कमान्डमा सिआइबी, संघीय इकाइ प्रहरी कार्यालय सहित को टोलिले घटनाको अनुसन्धान गरि लोक बहादुर कार्किलाइ पक्राउ गरि पत्रकार सम्मेलन गरि सार्बजनिक गरेको थियो । लोक बहादुर कार्की पक्राउ परेपछी पुन थप अनुसान्धानको लागि चैनपुरका प्रहरी निरिक्षक योगराज खतिवडा पुन घटनास्थल मा नै खटीगइ थप अनुसन्धान गरि बाँकी ५ जनालाइ प्रमाण सहित पक्राउ गर्न सफल भयेका थिए । पक्राउ पर्ने मध्ये प्रतिबादी लोकबहादुर कार्किको बुबा रणबहादुर कार्किलाई सोही घटनामा मारिएकाहरुको कृया बसिरएको समयमा पक्राउ गरिएको थियो ।
उक्त घटना पश्चात घटना घटाउन प्रयोग गरिएको हतियार र हरायेको मोबाइल समेत खतिवडाले अनुसन्धान गरि बरामद गरेका थिए । उक्त घटनाको सफल अनुसन्धान गरेका खतिवडालाई १ नम्बर प्रदेश प्रहरी कार्यालयले १४ जिल्ला मध्ये छनौट गरि भाद्र महिनाको सर्बोत्कृस्ट प्रहरीको रुपमा पुरस्कृत गरेको थियो । प्रहरी निरिक्षक खतिवडालाई २०७८ सालको प्रहरी दिवसको अवसरमा १ बर्स भित्र कार्यसम्पादन मा सर्बोत्कृस्ट प्रहरीलाइ प्रदान गरिने सबै भन्दा ठूलो धनराशिको साधनादेबी उत्कृष्ट प्रहरी पुरस्कार बाट नगद ५० हजार रुपैयाँ समेत प्रदान गरेको थियो । अनुसन्धानमा अब्बल प्रहरी निरीक्षक खतिवडा यश अघि इलाका प्रहरी कार्यालय चैनपुरमा रहदाँ नाबालिकालाइ १२ वर्ष अघि जवरजस्ती करणी गरि फरार रहेका लेकबहादुर अधिकारिलाई १२ बर्स पछि पक्राउ गरेका थिए । भने चैनपुरका कृषक हरुको ४० लाख ठगी गरि फरार रहेका नरेन्द्र थापालाइ बाँकेको नेपालगन्जबाट पक्राउ गरि चैनपुर ल्याएका थिए । तेस्तै ३ बर्स देखि हराएका ६ वटा मोटरसाइकल तराईका जिल्लाहरुबाट बरामद गरि चोरी गर्ने गिरोहलाई समेत पक्राउ गरि कानुनी दायरामा ल्याका थिए ।