संखुवासभा । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भएको छ । चौथो राष्ट्रिय सम्मेलनबाट प्रदेश १ का ३२ जना पत्रकारहरु केन्द्रिय कमिटीमा निर्वाचित भएका छन् । संखुवासभा जिल्लाबाट पहिलो पटक केन्द्रिय कमिटिमा प्रतिनिधित्व भएको हो । संखुवासभाका वीरबहादुर लिम्बु केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् ।
१८४ जना सदस्य मध्ये प्रदेश १ बाट ३२ जना निर्वाचित भएका हुन । केन्द्रिय सदस्य निर्वाचित हुनेहरुमा बिवेक गौतम, राजेश चाम्लिङ, गंगा बराल,राजन केडी,मिलन लिम्बू, यमन दनुवार, दयाराम दाहाल, विमल लामिछाने, अर्जुन जम्नेली राई, केशव घिमिरे, हरिकुमार राई, सरिता बराइली, प्रयास लिम्बू, रिता मोक्तान, भक्तशेर लिम्बू, श्रीशीसा राई, स्मिता निरौला, भोटराज राई, अवतार राई, अम्बिका भण्डारी, अप्सरा समाल मगर, भरतराज शर्मा, तुलसी कोइराला, विजयबोध लावती, भोजराज कार्की, डम्बर राई, जनकऋषि राई, दीपक कट्टेल, सुरेश कार्की, जयकृष्ण यादव र महेश्वर चाम्लिङ निर्वाचित भएको नव निर्वाचित केन्द्रिय सदस्य रहेका छन । मङ्सिर १८ गतेबाट सुरु भएको महाधिवेशन १९ गते सम्पन्न भएको हो । बिष्णु सापकोटा जुगलको अध्यक्षतामा १८३ सदस्यीय केन्द्रिय कमिटी निर्वाचित भएका छन् । केहि दिनपछि बाँकी ३९ पदाधिकारीको टुङ्गो लगाउने छ । ७७ जिल्लाबाट नौँ सय भन्दा धेरै प्रतिनिधिहरु चितवन पुगेका थिए ।