खाँदबारी । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) संखुवासभाको बाह्राैं जिल्ला सम्मेलन सम्पन्न भएको छ।
आइतवार जिल्ला समन्वय समितिकाे सभाहलमा सम्पन्न भएको सम्मेलनवाट अखिल (क्रान्तिकारी) संखुवासभाको अध्यक्षमा योगेन्द्र राई सर्वसम्मतीबाट चयन भएका छन।
‘शैक्षिक विकृति र विसंगतका विरुद्ध सुदृढ संगठन निर्माण अभियान समाजवादी शिक्षाको लागि संखुवासभाकाे बाह्राैं जिल्ला सम्मेलन’ भन्ने मूल नाराका साथ सुरु भएको भेलामा जिल्लामा रहेका प्रत्येक मावि, +२ र क्याम्पसहरुबाट प्रतिनिधित्व हुने गरी आएका प्रतिनिधि, पर्यवेक्षकबाट सर्वसहमत नयाँ कमिटी निर्माण गरिएको छ।
जसको उपाध्यक्षमा रेनुका राई र गाेविन्दन भण्डारी, सचिवमा निशा खत्री, सहसचिवमा अन्जिल कुलुङ, राजेश तामाङ , कोषाध्यक्षमा सपना गुरुङ लगायत ३१ सदस्यीय जिल्ला समिति चयन गरेको अखिल (क्रान्तिकारी) संखुवासभाका जिल्ला सम्मेलन आयोजक समिति संयोजक शुक्रराज लिम्बुले जानकारी दिए।
जिल्ला सम्मेलन आयोजक समिति संयोजक शुक्रराज लिम्बुको सभापतित्वमा सम्पन्न अखिल(क्रान्तिकारी) संखुवासभाको बाह्राैं सम्मेलनको कार्यक्रममा क्रान्तिकारीका केन्द्रीय सचिवालय सदयस्य तथा प्रदेश नं १ का सहइन्चार्ज रत्नमणी बाेगटी प्रमुख अथिति रहेका थिए भने बिशिष्ट अथितिहरु नेकपा माओवादी केन्द्र संखुवासभाकाे सहइन्चार्ज तथा प्रदेश कमिटी सदस्य इन्दिरा मिश्र, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य टेकमान राई , नेकपा माओवादी केन्द्रका संखुवासभा संयाेजक कृष्ण जिमी लगायतका नेताहरुको आथित्यतामा सम्पन्न भएको छ।
पछिल्लो चरणमा अखिल क्रान्तिकारीले देशव्यापी भेला सम्मेलन, संगठन निर्माणलाई व्यापकता र तिब्रता दिएको सो संगठनले जनाएको छ।