नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशव्यापीरुपमा दोस्रो चरणको आन्दोलनका कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेस संखुवासभाका जिल्ला पार्टी सभापति दिपन कुमार श्रेष्ठले ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको बताउँदै बर्तनमान सरकार व्याप्त भ्रष्टाचार, कोभिड(१९ नियन्त्रण र व्यवस्थापनमासमेत असफलता भएपछि विधि र सुशासनलाई अगडी बढाउन नसकी प्रतिगमन तर्फ उन्मुख भएको घटनालाई पार्टीले मुकदर्शक भएर हेर्न नसक्ने बताउँदै बर्तमान सरकारको कुशासनको विरुद्ध जारी विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउन थप कार्यक्रम स्थानिय पालिका र वडा तहसम्म नेपाली कांग्रेसले विरोध कार्यक्रम तय गरेको बताउँदै सम्पूर्ण लोकतन्त्र प्रेमी नेपाली जनताहरुलाई प्रतिगमन कदमको विरुद्ध जुट्न आग्रह गर्नु भयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका जिल्ला उपसभापति रामकुमार जिमीले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदम अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण निन्दनिय कार्यको रुपमा रहेको कांग्रेसको ठहर भएको बताउँदै यसको विरुद्ध डटेर सामाना गर्न प्राजतन्त्रप्रेमी नेपाली जनताहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य शंकरमान कँडेलेले के.पी. शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदम अलोकतान्त्रीक भएको बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कँडेलले वर्तमान सरकारले संविधानको उपहास गर्दै अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण निन्दनिय कार्य हो भन्ने नेपाली कांग्रेसले ठहर गरेको जानकारी दिदैँ मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक कार्य हो नेपाली कांग्रेस घोर भर्सना गर्दै संविधानको रक्षाका लागि कांग्रेस एकढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको बताउनु भयो ।
यसै गरी कार्यक्रमलाई नेपाली कांग्रेसका युवा नेता कुमारबाबु अधिकारीले विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरी देशव्यापी विरोध प्रदर्शनहरु समेत गरिहेको बताउँदै संसद विघटनको असंवैधानिक कदमका विरुद्ध कांग्रेस एकढिक्का भएर एकमतका साथ आन्दोलनको मैदानमा छ’ फेरि पनि यो सुस्पष्ट पार्न चाहान्छुकी आन्दोलनकै आधिबेहेरीबाट संसद पुर्नरस्थापनाका लागि कांग्रेस प्रतिवद्धभएर लाग्ने बताउनु भयो ।
कार्यक्रमलाई पार्टी जिल्ला सचिव डम्बर बस्नेत, नेपाली कांग्रेसका नेताहरु अञ्जना लिंथेप, ज्ञानबहादुर कार्की, चन्द्र घुडे गुरुङ, थलकुमार लिंखा, सुशिलराज दाहाल, युवराज गुरुङ, विरमान लिम्बू, तरुण नेता लोकेन्द्र लिम्बू लगायत नेताहरुले चैनपुरमा आयोजित कोण सभालाई सम्बोधन गर्नु भएको कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस निर्वाचन क्षेत्र ख का सभापति दिपक लिम्बूले गर्नुभएको कार्यक्रमका सञ्चालन एवं महाधिवेशन प्रतिनिधि दिपेन्द्रमान जानकारी दिनुभयो ।
यसै गरी सदरमुकाम खाँदबारीमा आयोजित विरोध सभालाई पूर्व राज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता तारामान गुरुङले सम्बोधन गर्दै वर्तमान सरकारका प्रधानमन्त्री के।पी। शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदम अधिनायकवादी, तानासाही, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न भएको प्रधानमन्त्रीको सनकले नेपालको संविधान र लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण निन्दनिय कार्य भएको बताउँदै यसको डटेर सामना गर्न नेपाली कांग्रेस तयार रहेको बताउँदै सर्वोच अदालतमा विचाराधिन संसद पुनरस्थापनको मुद्धा नेपाली कांग्रेसको मूल एजेन्डा भएको समेत बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु महेश थपलिया, मुक्तिसिं राई, निरु बस्नेत, टकमान घले लगायत नेताहरुले विरोधसभालाई सम्बोधान गरेको कार्यक्रमको अध्यक्षता क्षेत्रिय सभापति उमेश चौहानले गर्नुभएको थियो । जिल्लाका सदरमुकाम खाँदबारी र चैनपुरमा उल्लेखिय नेपाली कांग्रेसको नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा विरोध प्रदर्शन गर्दै कोण सभामा पुगेर कार्यक्रम सम्पन्न गरिएको नेपाली कांग्रेस जिल्ला कार्य समिति संखुवासभाले जनाएको छ ।
पदमबहादुर अधिकारी