सङ्खुवासभा । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि संकलित घटनाहरुको वार्षिक पुर्व समिक्षा कार्यक्रम शनिबार सङ्खुवासभामा सम्पन्न भएको छ । इन्सेक सङ्खुवासभा आयोजनामा सन २०२० जनावरी देखि हालसम्मका मानवअधिकार उलंघन तथा ज्यादतीका घटनाहरुको पूर्व कार्यक्रम भएको हो ।
इन्सेक जिल्ला प्रतिनिधि भविन कार्कीले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि तयार पारिएको प्रतिवेदनमा २०२० जनवरीदेखि हालसम्म गैर न्यायिक गिरफ्तार १, धम्की कुटपिट २, बाल यौन हिंसा ८, महिला अधिकार अन्तर्रगत ४ महिला बलात्कृत र घरेलु हिंसाका ४ ओटा ,गालीगलौजका १५ र भौतिक संरचनामा दुई ओटा क्षति,कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन तोडफोड एक र एम्बुलेन्समा तोडफोड एक र हत्याका ३ ओटा घटनामा सरोकावालाबीच समीक्षा गरिएको छ ।
इन्सेकले मानव अधिकार हनन् भएका घटनालाई लिपीवद्ध गराउने र जिल्लाको मानव अधिकारको अवस्था राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्र सम्म पु¥याउने जस्ता महत्वपूर्ण काम गरेको भन्दै जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्यले प्रशंसा गरेका छन्। कार्यक्रममा बोल्दै जिसस प्रमुख शाक्यले भन्नु भयो हरेक बर्ष इन्सेक मार्फत जिल्लामा घटेका घटना बाहिर सार्वजनिक हुन राम्रो पक्ष भए पनि घटना धेरै घट्नु राम्रो पक्ष नभएको बताए ।मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू इन्सेकले सङ्कलन गरेर नेपालको मानव अधिकारको अवस्थाका देखाएको बताउनु भयो । अहिलेको सन्र्दभमा मानव अधिकार विश्वब्यापी रुपमा अन्तराष्ट्रिय कानुनले र नेपालको संविधानले पनि रक्षा गर्न एैन नियम कानुन बनाएपनि कोही परिबन्धमा परेर वा नियोजित रुपमा हुने गरेको बताए ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरिक्षक सन्तोश बुढाथोकीले भने मानव अधिकार रक्षाका लागि नेपाल प्रहरीले विवाद रहित ढंगले क्रियाशील भइरहेको छ । न्याय नमर्ने हिवासले प्रहरीले जिल्लामा काम गरिरहेको समेत अवगत गराए । इन्सेकले मानव अधिकार रक्षा र कार्यान्वयनमा समेत झकझक्काउने काम गरिहेको बताए ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरीले मानव अधिकारको क्षेत्रमा इन्सेकले सत्य तथ्य घटनालाई उजागर गर्ने काममा कहिल्यै कमि नहुने गरि काम गर्न सुझाव दिए । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ वार्षिक पुर्व समिक्षा कार्यक्रममा खाँदबारी नगरपालिका नगर प्रमुख मुरारी प्रसाद खतिवडा, जिल्ला समन्वय समितीकी उपप्रमुख अम्बिका खवास,खाँदबारी नगर उपप्रमुख डेगेश्वरी श्रेष्ठ,नेपाल रेडक्रस सोसाइटीका सभापति सरोज बज्रार्चाय,गैर सरकारी सस्थाका प्रमुख विनोद गुरुङ, पत्रकार लगायत सरोकारवाला निकायहरुको उपस्थिती रहेको इन्सेक प्रतिनिधि भविन कार्कीले बताएका छन् ।