संखुवासभा : जिल्लाको चार पालिकाले आधारभूत अस्पताल शिलान्यास गरेका छन् । चैनपुर, धर्मदेवी, पाँचखपन नगरपालिका र चिचिला गाउँपालिकामा आज सोमबार आधारभूत अस्पताल भवनको शिलान्यास भएको छ । ग्रामिण भेग सम्म स्वास्थ्य सेवाको पूर्वाधार पु¥याउने सरकारको निति अनुसार जिल्लाका चार स्थानिय तहमा सोमबार आधारभूत अस्पताल शिलान्यास गरिएको हो । सरकारको लक्ष्य र प्राथमिकताका अनुसार देशभरका ३ सय ९६ स्थानिय तहसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आधारभूत अस्पताल शिलान्यास गरी निर्माण कार्य सुरु गरिएको छ ।
आज चैनपुर नगरपालिका र पाँचखपन नगरपालिकामा आधारभूत अस्पताल शिलान्यास गरिएको छ । चैनपुरमा १५ शैयाको अस्पताल शिलान्यास गरिएको छ । संघिय सांसद राजेन्द्र गौतम र जिल्ला समन्यव समितीकी उपउमुख अम्बिका खवास ले संयुक्त रुपमा १५ शैय्याको आधारभूत अस्पताल भवन शिलान्यास गरेका छन् । चैनपुरमा १८ करोड ६ लाख ८२ हजारको लागतमा १५ शैय्याको अस्पताल बन्ने चैनपुर नगरपालिकाले जनाएको छ । भवन शिलान्यास गर्दे संघिय सांसद गौतमले भने यो क्षेत्रका नागरिकले स्वास्थ्य सेवा लिन सदरमुकाम र जिल्ला बाहिर जानु पर्न बाध्यता चाडैं हट्ने बताए । सरकारको लक्ष्य ग्रामिण भेगमै स्वास्थ्य सेवा प्रदान गर्न हो, अव यस नगर क्षेत्रका नागरिकले लाखौं रकम खर्च गरेर अन्यत्र जानु पर्ने बाध्यता हट्ने सांसद गौतमले विश्वास ब्यक्त गरे ।
त्यसैगरी पाँचखपन नगरपालिकामा १० शैय्याको आधारभूत अस्पताल शिलान्यास गरिएको छ । पाँचखपन वाना बजार नजिकै १० शैय्याको आधाभूत अस्पतालको शिलान्यास गरिएको छ । संघिय सांसद राजेन्द्र गौतम र नगरप्रमुख विपिन राईले संयुक्त रुपमा गरेका थिए । पाँचखपनमा १० करोड ८३ लाख ३६ हजारको लागतमा अस्पताल निर्माण हुने पाँचखपन नगरपालिका उपप्रमुख भिमादेवी राईले जानकारी दिएकी छन् । चिचिला गाउँपालिकामा समेत ५ शैय्याको अस्पताल शिलान्याय भएको छ । ७ करोड ११ लाख ९८ हजार लागतमा भवन निर्माण हुने चिचिला गाउँपालिकाले जनाएको छ ।
त्यस्तै धर्मदेवी नगरपालिकामा पनि आधारभूत अस्पताल उद्घाट भएको छ । धर्मदेवि ६ माम्लिङमा ५ शैय्याको अस्पताल उद्घाटन भएको नगरप्रमुख रमेशकुमार जिमिले जानकारी दिए । धर्मदेवीमा ७ करोड ११ लाख ९८ हजार लागतमा भवन निर्माण भएको हो ।
पहिलो चरणमा जिल्लाका चार स्थानिय तहमा आधारभूत अस्पताल भवन शिलान्यास भएका छन् । मादी नगरपालिका, भोटखोला गाउँपालिका, सभापोखरी गाउँपालिकाले प्राविधिक कारण सोमबार शिलान्यास गर्न सकेनन् । सभापोखरी गाउँपालिकाले आइतबार मात्र भवन निर्माणका जग्गा खोजी सुरु गरेको छ । त्यसै अन्य पालिकाहरुले उपयुक्त जग्गा व्यवस्थापन लगायतका कार्य नसकिएको भन्दै आज अस्पताल शिलान्यास गरेका हुन् ।
स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले सोमबार एकैसाथ ३ सय ९६ वटा अस्पताल भवनको शिलान्यास गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३ सय ९६ पालिकामा पाँचदेखि पन्ध्र शय्याको अस्पताल बनाउन लागेको हो ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि ललितपुरको गोदावारी नगरपालिकामा बन्न लागेको बज्रबाराही चापागाउँ अस्पतालको भवन शिलान्यास गरेका छन् । भवन शिलान्यास गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले देशका ३ सय ९६ स्थानीय तहमा एक साथ ५ शय्या, १० शय्या र १५ शय्याका पालिका स्तरका आधारभूत अस्पतालहरुको शिलान्यास गरिएको बताए । यस्तै सात वटा प्रदेशमा ५०र५० शय्याका सरुवारोग अस्पतालहरुको पनि एकैसाथ निर्माण गर्न लागिएको अर्थमन्त्री पौडेलले बताए ।
पालिका स्तरमा निर्माण हुन लागेका ३ सय ९६ वटा आधारभूत अस्पतालका लागि ५७ अर्ब ९५ करोड ११ लाख रुपैयाँको बजेटको स्रोत सुनिश्चितता भइसकेको पनि अर्थमन्त्री पौडेलले बताए । यस्तै, सात वटै प्रदेशमा निर्माण हुने सरुवारोग अस्पतालका लागि प्रति अस्पताल ८ करोड रुपैयाँको दरले बजेट सुनिश्चित गरिएको पनि अर्थमन्त्री पौडेलले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ८६ पालिकामा, प्रदेश २ मा ५३ पालिकामा, वाग्मती प्रदेशमा ५१ पालिका, गण्डकी प्रदेशमा ५३ पालिका, लुम्बिनी प्रदेशमा ५७ पालिका, कर्णाली प्रदेशमा ४२ पालिका र सुदूरपश्चिम प्रदेशमा ५४ पालिकामा अस्पताल बनाउनका लागि एकैसाथ शिलान्यास गरिएको हो ।