संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–३ को महेन्द्र माध्यमिक विद्यालयमा सुचना प्रविधि प्रयोगशाला (आइसीटी) ल्याब उद्धघाटन भएको छ । मंगलबार संघिय सांसद राजेन्द्र गौतमले प्रयोगशालाको उद्घाटन गरेका छन् । प्रयोगशालाको उद्घाटन गर्दै संघिय सांसद गौतमले भने दुर्गम क्षेत्रका विद्यार्थीहरुले गाउँघरमै सुविधा सम्पन्न कम्यूटर ल्याव पढ्न पाउनु गौरवको कुरा भएको बताए । प्राविधिक शिक्षाले मात्रै दक्ष जनशक्ति उत्पादन बढाउने र स्वरोजगार बनाउने सांसद गौतमले बताए । उनले भने मुलुकको समृद्धिको यात्रामा सघाउन प्राविधिक शिक्षाले महत्वपूर्ण भूविका निर्वाह गर्न बताए । शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकले समेत विज्ञान र प्रविधि क्षेत्रमा दक्ष हुन जरुरी भएको उनले बताए ।
रोजगारी प्राप्त गर्न अहिलेका युवा विद्यार्थीका लागि आधुनिक र प्राविधिक शिक्षा अत्यावश्यक भएको सांसद गौतमले बताए । आधुनिक र प्राविधिक शिक्षा विस्तारको कार्य निरन्तर चलिरहेको र यसका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, जनशक्ति तथा प्रविधि विस्तारमा सरकारले गरेको सहयोग सराहनीय भएको बताए ।
नेपाल सरकार सुचना सञ्चार तथा प्रविधि मन्त्रालयको सहयोग तथा नेपाल दुरसञ्चार प्राधिकरणकाे सहकार्यमा प्रयोगशाला सञ्चालनमा आएको हो । ३५ लाखमा स्थापना भएको प्रयोगशालामा २४ थान कम्प्यूटर, स्मार्ट टेलिभिजन ५ थान, २ थान ईन्टरेक्टिभ प्यानल बाेर्ड, १ थान कलर प्रिन्टर, प्रोजेक्टर लगायतका सामग्री जडान गरिएको छ ।
एक पटकमा ४० जना विद्यार्थीले सुचना प्रविधि प्रयोगशालाको प्रयोग गर्न सक्ने महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक मेदिनी घिमिरेले जानकारी दिए । प्रयोगशाला बाट कक्षा ६ देखि १० सम्मका र ३ वर्षे कृषि डिप्लोमा (बाली विज्ञान) का विद्यार्थीहरुले पढ्न सक्ने छन् ।
यस्तै विच उक्त कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)को ७२ लाख लागत मा बनेको ४ कोठे पक्की भवनको समेत उद्घाटन भएको छ । यस्तै महेन्द्र माध्यमिक विद्यालयको व्यवस्थापनमा प्रदेश सरकारको ७० प्रतिशत र खाँदबारी नगरपालिकाको ३० प्रतिशत लागत सहभागीता डम्बर खड्का बहुप्राविधिक शिक्षालय यसै शैक्षिक सत्रमा सुचारु गर्ने गरि तयारी गरिएको महेन्द्र माविका प्रअ घिमिरे बताए ।
वहुप्राविधिक शिक्षालयमा कृषि डिप्लोमा पशु विज्ञानकाे कार्यक्रम यस वर्ष स्वीकृति पाएकाे छ भने अन्य कक्षा सञ्चालनको लागि अन्तिम चरणमा पुगेको बताए । बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि ३ करोड रकम प्राप्त भइसकेको उनले बताए । कार्यक्रमा प्रदेश नम्बरका –१ का सामाजिक विकास समितीकी सभापति सरिता थापा खड्का,खाँदबारी नगर प्रमुख मुरारी प्रसाद खतिवडा, जिल्ला समन्यव समितीकी उपप्रमुख अम्बिका खवास, नगर उपप्रमुख डेगेश्वरी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद आचार्य लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सभापति विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष जीत बहादुर घिमिरेले गरेको थिए ।