कोरोना भाइरसको महामारीले बिद्यालयहरु बन्द भएका कारण यस बर्ष युनाइटेड वर्ल्ड स्कुल्स, नेपालले रेडियो कार्यक्रम मार्फत स्थानीय सरकारसंँगको साझेदारीमा अप्रिल २०२० बाट नै "हाम्रो कक्षा" रेडियो शैक्षिक कार्यक्रम सुरुवात र संचालन गर्दै आइरहेको छ।
दुर्गम ग्रामीण समुदायका धेरै बालबालिकाहरुलाइ महामारीको बाबजुद शिक्षा प्रधान गर्ने साथै उनिहरुको सिकाइलाइ निरन्तरता दिइरहने यस कार्यक्रमको मुख्य उदेश्य रहेको यु डब्लु यश नेपाल संखुवासभाका जिल्ला शिक्षा कोअडिनेटर आशिस अधिकारीले जानकारी दिए ।
युनाइटेड वर्ल्ड स्कुल्स नेपालले "हाम्रो कक्षा" रेडियो कार्यक्रम प्रसारण हुने समय तालिका र कार्यक्रम बज्ने एफ.एम स्टेसनहरुको नामावली सुचिबद्द गरि विद्यार्थीहरु माझ ल्याएको छ। आफुलाइ सहज हुने समय र एफ.एम स्टेसन बारेमा जानकारी लिइ कार्यक्रम सुन्न र सुनाउन पनि अभिभावक र विद्यार्थीहरुलाइ युनाइटेड वर्ल्ड स्कुल्स नेपालले जानकारी दिएको छ।
युनाइटेड वर्ल्ड स्कुल्स, नेपालले बिद्यार्थीको सिकाईमा टेवा पुर्याउने हेतुले बिगत ४ महिना देखि पाठयपुस्तकमा समेत आधारित भएर हाम्रो कक्षा नामक रेडियो शैक्षिक् कार्यक्रम संखुवासभा र गुल्मीका विभिन्न ७ वटा रेडियोवाट निर्माण र प्रशारण गरि सिकाई कार्यलाई निरन्तरता प्रदान गर्दै आईरहेको छ ।
हाल संखुवासभा जिल्लामा चार वटा एफ.एम मार्फत "हाम्रो कक्षा" कार्यक्रम संचालन भै रहेको छ। जसमा नयाँ अभियान एफ.एम ९९ मेघाहर्ज ,पाख्रीबाँस एफ.एम १०४ मेघाहर्ज, गुराँस एफ.एम ९७.२ मेघाहर्ज र रेडियो संखुवासभा ९५.५ मेघाहर्ज को माध्यम द्वारा विभिन्न समयमा कक्षा संचालन भइरहेको युनाइटेड वर्ल्ड स्कुल्स नेपालले जनाएको छ।
त्यस्तै गुल्मी जिल्लामा पनि ३ वटा एफ.एम मार्फत "हाम्रो कक्षा" कार्यक्रम संचालन भइरहेको युनाइटेड वर्ल्ड स्कुल्स नेपालले जानकारी दिएको छ।
युनाइटेड वर्ल्ड स्कुल्स नेपालले गत भदौ २९ गते परेको राष्ट्रिय बाल दिवस को अवसरमा पनि संखुवासभा तथा गुल्मी जिल्लामा प्रसारण हुने ७ वटा रेडियो मार्फत हाम्रो कक्षा रेडियो शैक्षिक् कार्यक्रममा बिद्यार्थीहरुका कविता, गीत संगीतका साथसाथै साथी शिक्षकहरुले तयार गरेको सपनाको कथा नामक नाटक पनि प्रस्तुत गरिएको थियो।
कार्यक्रममा सामाजिक बिकास मन्त्रालय प्रदेश नं १ का बालअधिकार श्रोत व्यक्ति सुमन अधिकारीले बालअधिकारको परिचय, महत्व, बालहिंसा र यसको न्यूनीकरण, अहिलेको यो कोरोना भाईरसको महामारीमा बालबालिका कसरी सिर्जनशील बन्न सक्छन भन्ने बारेमा आफ्नो धारणा समेत कार्यक्रममा राखेका थिए ।
कार्यक्रममा बाल मनोविमर्शकर्ता सरस्वति पोखरेलले कोरोना भाईरसको महामारीको समयमा बालबालिकालाई कसरी सुरक्षित राख्ने र उनीहरुमा पर्ने मानसिक असरलाई कम गराउनका निमित्त अभिभावकको भूमिकालाई बिशेष रुपमा चर्चा गरेकी थिईन भने विभिन्न शिक्षकले बालबालिकालाई गर्नु पर्ने ब्यबहारको बारेमा समेत आफ्ना धारणा राखेका थिए ।
त्यसैगरी रेडियो कार्यक्रममा बोल्दै युनाइटेड वर्ल्ड स्कुल्स, नेपालका कन्ट्री डाईरेक्टर सुर्य कार्कीले युनाइटेड वर्ल्ड स्कुल्स, नेपालका विद्यार्थी बालबालिकाहरुलाई भबिष्य निर्माण गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत प्रकट गरेका छन।