बाबुराम बास्तोला
सन् २०१९ को अन्त्यतिर छिमेकी मुलुक चीनको वुहान राज्यमा जतिबेला कोभिड १९¬(कोरोना)को संङक्रमण बढ्दै थियो, हाम्रो देश नेपालमा पनि एक खालको आतंक बढ्दै थियो नेपालमा पनि प्रवेश गर्छ कि भनेर । पहिलो पटक चीनबाट सुरु भएको कोभिड १९¬(कोरोना) संङक्रमण केहि समयमै विश्वका ठुला मुलुकहरुमा पनि पैmलिन थाल्यो । ततपश्चात् अब नेपाल पनि अछुतो रहदैन भनेर नेपाल सरकारले विस् २०७६ चैत ११ गतेबाट देशमा बन्दाबन्दी अर्थात लकडाउनको घोषण गर्यो । नेपाल सरकारले लकडाउनको घोषणा गरेसंगै षडानन्द नगरपालिकाको पनि सम्पुर्ण कामकाज ठप्प भयो । चैतको समय विकास निमार्ण धमाधम हुने समय पनि हो । स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारले विनियोजन गरेको बजेट तथा समयमै काम सक्नका लागी महत्वपुर्ण समय पनि हो चैत महिना । हो त्यही महत्वपुर्ण समयमा समेत विकास निमार्णका अधिकाशं कामकाजहरु ठप्प भए । समयमै निमार्ण सामाग्री निमार्ण स्थलमा पु¥याएका उपभोक्ता समिति र निमार्ण व्यवसायी(ठेकेदार)हरुले मात्रै काम गरिरहेको स्थिती थियो, त्यसमा पनि डरैडरमा ।
चैत ११ गते षडानन्द नगरपालिकाको आकस्मिक बैठकले क्वारेन्टिन स्थल निमार्ण गर्ने निर्णय गर्यो । जसको लागि उपयुक्त ठाउँ दिङ्ला हस्पीटलको लागि भनेर निमार्ण गरिएको भवन थियो । जहाँ हस्पीटल सञ्चालन नहुदाँ सम्मको लागि नगरपालिकाका करिब १२–१५ जना कर्मचारीहरु बसिरहनु भएको थियो । सोही भवनमा क्वारेन्टिन स्थल निमार्ण गर्ने निर्णयपछि त्यहाँ रहनु भएका कर्मचारीहरु कोठा खोज्नको लागि दिङ्ला बजार सबै घुम्दा पनि दिङ्लामा कसैले कोठा दिने स्थिती भने थिएन र दिएनन् पनि । अन्त्यमा कर्मचारीहरुको बसाई दिङ्लामा नै रहेको होटल ए वानमा भयो । कर्मचारीहरु त्यहाँबाट निस्किसकेपछि भवन सरसफाइको कार्य भयो, नगरपालिकाले सामाग्री खरिद गर्यो, र चैत ११ गते नै क्वारेन्टिन निमार्ण भयो षडानन्द नगरपालिकामा । षडानन्द नगरपालिकामा क्वारेन्टिन निमार्ण भएको यो नै पहिलो हो । पहिलो पटकको अनुभव क्वारेन्टिनमा आवश्यक सामाग्री के के हुन् भन्ने पनि थाहा थिएन् । नेपाल सरकारले क्वारेन्टिनको आधारभुत मापदण्ड समेत तोकेको रहेछ । त्यसैलाई आधार मानेर क्वारेन्टिन निमार्ण त भयो तर स्वास्थ्य मन्त्रालयले तोकेजति आवश्यक सामाग्री र मापदण्ड त षडानन्द नगरपालिकाले ५० प्रतिशत पनि पुरा गर्न सकेन, किनकी स्रोत र साधनको अभावमा, खरिद गरेर ल्याउन पनि सम्भव थिएन कि जतिबेला यातायातका सम्पुर्ण साधनहरु पुर्ण रुपमा ठप्प भईकेका थिए ।
जतिबेला नेपाल सरकारले एक हप्ता, दुई हप्ता, तीन हप्ता,चारहप्ता भन्दै निरन्तर रुपमा लकडाउन थप्दै जादै थियो, त्यतिकै संख्यामा षडानन्द नगरपालिका स्थायी ठेगाना भई विशेषगरी नेपालका ठुला शहरहरुमा वा अन्यत्र बस्दै आउनु भएका नागरिकहरुको आगमन हुने क्रम तिब्र रुपमा बढेको थियो । सोहि क्रममा षडानन्द नगरपालिकामा संक्रमण फैलन नदिनको लागि नगरकार्यपालिका, स्थानीय विपत्त व्यवस्थान समिति, सरोकारवाला लगायतको बैठकले षडानन्द नगरपालिका क्षेत्र भित्रमा प्रवेश गर्नेहरु अनिवार्य रुपमा १४ दिन क्वारेन्टिनमा बस्नैपर्ने भनि निर्णय गर्यो । सोहि अनुसार नगरपालिकाले पनि व्यवस्थापनको कार्यलाई तिब्र रुपमा अगाडी बढायो । नगरपालिकाका सिमा नाकाहरुमा स्वास्थ्यकर्मी सहितको हेल्थ डेक्स निमार्ण गर्यो । नाकाहरु बन्द गर्यो ।
सुरुमा नगरपालिकाले ठुलो संख्यामा क्वारेन्टिन स्थल चाहिदैन भन्ने सोचेर दिङ्ला हस्पिटलमा जम्मा ३० बेडको मात्रै क्वारेन्टिन स्थल बनाएको थियो । तर त्यो सोचाई एक हप्तामा नै गलत सावित भईदियो । एकै पटक ठुलो संख्यामा यहाँका स्थानीय नागरिकहरु जो नगरपालिका क्षेत्रभित्र भन्दा बाहिर रहनु भएको थियो उहाँहरु नगरपालिका प्रवेश गर्नुभएको थियो । बाहिर रहनुभएका नागरिकहरु नगरपालिका प्रवेश गर्ने क्रम नरोकिएपछि नगरपालिकाले क्वारेन्टिन स्थल थप गर्ने निर्णय गरे अनुसार शारदा आधारभुत विद्यालय वोयाको भवन, अरुण माध्यमिक विद्यालयको भवन, षडानन्द माध्यमिक विद्यालयको भवन, सावित्रा माध्यमिक विद्यालयको भवन, सन्त सावित्रा माध्यमिक विद्यालयको भवन,सन्त माविको भवन, महेन्द्रोदय माध्यमिक विद्यालयको भवन वोया, महेन्द्रोदय माध्यमिक विद्यालयको भवन देउराली, सरस्वती माध्यमिक विद्यालयको भवन साङपाङ, कुुलुङ समाजको भवन नेपालेडाडाँ, देउराली स्वास्थ्य चौकीको भवन लगायतका विद्यालय तथा सामाजिक संघ सस्थाका भवनहरु क्वारेन्टिनको रुपमा व्यवस्थान गरियो । बाहिर रहनुभएका नागरिकहरुलाई क्वारेन्टिनमा राख्ने निर्णय नगर्दा नै वडा नं १ नेपालेडाडाँमा सम्भवतः विदेशबाट एक नागरिक आउनु भएको रहेछ र उहाँ बिरामी परेपछि स्वास्थ्यकर्मीको टोलीले घरैमा गएर उपचार गर्ने र उहाँको कन्ट्राक्टटे«सिङ कार्य गरेको थियो । उपचारको क्रममा बिरामीलाई कोरोनाकै जस्तै लक्षण देखिएको र उहाँ कोरोना संक्रमण पुष्टि भएको नागरिक संगैको प्लेनमा आउको सङ्का स्वरुप मिति २०७६ चैत १३ गते देखि ११ जना स्वाथ्यकर्मी नै क्वारेन्टिनमा बस्नु परेको थियो । किनकी जो बिरामी उसलाई कारोना थियो भने अग्र स्थानमा खटिएका स्वास्थ्यकर्मीबाट नै अन्यलाई नसरोस् भन्ने उद्देश्यले थियो तर केहि सञ्चार माध्यमले अफवाह फैलाउदै सबै स्वास्थ्यकर्मी नै क्वारेन्टिनमा बसेपछि सबै सेवा ठप्प भनेर समाचार बनाउन समेत भ्याएका थिए । जतिबेला स्वास्थ्यकर्मीलाई समेत संक्रमण भएको भन्ने भ्रम स्वरुप नकारात्मक दृष्टिकोणले हेर्ने नजर दिङ्लामा बढ्न थालेको थियो । तरपनि अन्यत्र जस्तै षडानन्द नगरपालिकाले पनि स्वास्थ्यकर्मीलाई अग्र स्थानमा खटाएर सेवा गरिरह्यो, अझै निरन्तर रुपमा जारी नै छ । स्वास्थ्यकर्मीको दुःखलाई भने भुल्न सकिदैन । वर्षे झरिमा आरडिटि गर्न खुट्टामा ठेला उठाउदै वोया, साङपाङ, कुदाककाउले, नेपालेडाडाँ जानु,फर्केर दिङ्ला आएपछी कुनै होटलले बस्न नदिनु आदि दुख झलझली आखाँमा छ, वर्षौसम्म स्मरण रहनेछ । अझ क्वारेन्टिनमा राखिएको मानिसहरु भागेको र उनिहरुलाई स्वास्थ्यकर्मीले खोज्नु पर्दाको दुख स्वास्थ्यकर्मीहरुले त सम्झनु हुन्छ नै नगरपालिकाले पनि बिर्सदैन भन्ने मेरो ठम्याई छ ।
नगरपालिकाले संक्रमण फैलन नदिन भन्दै हात धुने साबुन, कोविड १९ (कोरोना) को सचेतनामुलक पर्चा पम्प्लेटहरु वितरण गर्यो,वडा कार्यालयले आफ्नो वडा क्षेत्र भित्रका नागरिकहरुलाई मास्क वितरण गर्यो भने इलाका प्रहरी कार्यालय, वडा कार्यालय र नगरपालिकाको समन्वयमा सचेतनामुलक माइकिङ समेत गरेको थियो । जसको नेतृत्व इलाका प्रहरी कार्यालयले लिएको थियो ।
स्वास्थ्यकर्मी अग्र स्थानमा खटिएर काम गरिरहेको भए पनि स्वास्थ्यकर्मीले सबै काम नभ्याउने भन्दै नगरपालिकाले ९ सदस्यीय क्वारेन्टिन व्यवस्थान समिति गठन गर्यो । सो समितिले क्वारेन्टिनमा रहनु भएका नागरिकहरुलाई कुनै कारणले असहज नहोस् भन्ने उद्देश्यले रात दिन नभनि खटेर काम गर्यो । नगरपालिकाले दैनिक ज्याला मजदुरी गर्ने नागरिकहरुले भोकै बस्नु नपरोस् भनि चामल खरिद गरि १४ वटै वडाका विपन्न नागरिकहरुको पहिचान गरि बितरण गर्यो । बजारमा चलेको साबुनपानी र मास्कको अनावश्यक विज्ञापनले गर्दा साबुन, मास्क संगै अधिकाशं सामाग्री केही हदसम्म महंगो साबित भएकै हो । नागरिकहरुको खाद्यान्नको हक परिपुर्ति गर्नु देखि लिएर,भाइरसको बारेमा सचेतनामुलक जानकारी दिने, नागरिकहरुको स्वास्थ्य सुरक्षामा ध्यान दिने,पर्चा पम्प्लेट छाप्ने, देखि हरेक साना तथा ठुला कामहरु स्थानीय तहको जिम्मेवारीमा रहेको थियो, त्यही जिम्मेवारीलाई आत्मसाथ गर्दै षडानन्द नगरपालिका पनि कोरोना भाइरस (कोभिड–१९) विरुद्ध अग्रपंक्तिमा रहेर काम गरिरह्यो । जुनबेला बाहिर सीमामा अलपत्र परेका नागरिकलाई ल्याउने, विदेशमा रहनु भएका र स्वदेश फर्कन चाहने नागरिकहरुलाई कसरी फर्काउने देखि लिएर क्वारेन्टिन निर्माण तथा व्यवस्थापन मुख्य चुनौती थियो भने राहत माग्ने विपन्न नागरिकहरु पनि त्यतिकै संख्यामा थिए,उनिहरुको आवश्यकतालाई परिपुर्ति गर्नु पनि नगरपालिकाको दायित्व थियो । मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै जाँदा, स्थानीय तहका हरेक विद्यालयहरु क्वारेन्टिनले भरिदै गर्दा, स्वास्थ्यकर्मीलाई आवश्यक पिपिइ सेट खरिद, थर्मल गन, मास्क ग्लोब्स आदि देखी ठुला तथा स–साना सम्पुर्ण सामाग्रीहरु खरिद गर्नुपर्दा षडानन्द नगरपालिकालाई बजेट अभावले पिरोली रहेको थियो । किनकी आउने स्रोत कतै छैन, सुरुमा आएका अनुदानहरु सबै वाडफाँड भई सकेको थियो । केहि सामाग्रीहरु मात्रै दाताहरुले सहयोग गरेका थिए ।
षडानन्द नगरपालिकाको व्यवस्थापनमा २ सय ७० जना पुरुष र ९४ जना महिला गरि ३ सय ६४ जनालाई १४ दिनसम्म क्वारेन्टिनमा राखेर आर डि टी गरेको, ९ सय ३५ जनालाई होम क्वारेन्टिनमा राखिएको तथ्याङक नगरपालिकासंग छ । क्वारेन्टिनमा राखिएका मध्ये एक जनामा आर डि टि पोजेटिभ आएको थियो । त्यतिको संख्याका नागरिकहरुलाई क्वारेन्टिनमा व्यवस्थान गर्नु नगरपालिकाको चुनौती थियो, त्यो चुनौतीको सामाना गर्दै नगरपालिका अहिलेको स्थितीमा आइपुगेको छ । लकडाउन खुल्ने सम्भावना थिएन्, छिमेकी मुलुक भारत सहितका देश तथा नेपालमा पनि एक,दुई, तीन गदै संक्रमण देखिन थालेको थियो त्यसैले पनि होला नेपाल सरकारले निरन्तर रुपमा लकडाउनको अवधि बढाइरहेको थियो । षडानन्द नगरपालिकालाई भाग्यले साथ दिएको भनौ वा अन्यत्रै कसरी व्याख्या गरौँ, जसरी ब्याख्या गरेपनि खुसी को कुरा के छ भने चैत देखि भाद्र तेस्रो हप्तासम्मको अवधिमा कसैलाई पनि कोभिड १९ पोजेटिभ देखिएको थिएन् । त्यसैले पनि होला माहोल शान्त हुदै थियो, बजार पसल छिटफुट रुपमा खुल्न थालेका थिए, कार्यालय सञ्चालन हुुन थालेको थियो, जनजिवन सहज बनेजस्तो भान भएको थियो तर दुखको कुरा भन्नु पर्छ मिति २०७७ भदौ २२ गतेका दिन भने ५ जनामा कारोना संक्रमण पोजेटिभ देखिएपछि एकाएक माहोल फेरियो । नगरपालिका सिल भयो, बजार पसलहरु बन्द भए फेरी एकपटक जनजीवन असहज बन्यो । त्यसैको भोलिपल्टदेखी जो संक्रमित छन उनिहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको पिसिआर गर्दा नेगेटिभ आयो । यसरी हेर्दा षडानन्द नगरपालिका क्षेत्रमा समुदाय स्तरमा संक्रमण फैलन पाएको थिएन रहेछ । षडानन्द नगरपालिकाको मिति २०७७ असोज ९ गतेसम्मको रेकर्डमा ९८ जनाको पिसिआर भएको छ भने ९३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमितहरु पनि कोरोना जितेर घर फर्किसकेका छन् । सोही अवधिमा नेपाल सरकारले लकडाउन खोल्ने निर्णय गर्यो, आन्तरिक तथा बाह्य उडानहरु सञ्चालन भए, लामा तथा छोटा दुरीका सवारी साधनहरु चल्न थाले त्यसैले षडानन्द नगरपालिका क्षेत्रभित्र केहि मात्रामा जनजिवन भने सहजता तर्फ अगाडी बढिरहेको छ तर डरैडरका बिचमा ।
अहिले मुलुकमा तीन तहका सरकार छन् जसमा जनतासँग जोडिएको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार हो । अहिलेको विषम परिस्थितिमा कोभिड १९ को यो महामारीमा स्थानीय सरकारले गरेको कामले पनि यो सरकार जनतासँग जोडिएको सबैभन्दा नजिकको सरकार हो भन्ने कुराको व्यवहारिक पुष्टि गरेको छ । उद्धार, राहत, बजार अनुगमन लगायतका कार्यमा दौडधुप गर्दा स्थानीय जनप्रतिनिधिहरु, कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु,सुरक्षाकर्मीहरु आदिलाई समेत कोरोना संक्रमणको जोखिम थियो । साँझ बिहान बजारमा निस्कनुपर्ने, कार्यालय खोल्नुपर्ने, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग ओहोरदोहोर भइरहने र राहतका काममा लाग्दा जनतासँग घुलमिल हुने र शंकास्पद संक्रमितलाई क्वारेन्टाइनसम्म ल्याउदा उनै जनप्रतिनिधिहरु, कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु,सुरक्षाकर्मीहरु र तिनका परिवारसमेत संक्रमणको जोखिममा पुगेका थिए, तर त्यसलाई पर राखेर, थाती राखेर जनताको,नागरिकको सेवा त गर्नै पर्ने थियो र गरियो पनि । यो अवस्थामा समेत जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी आदिले कर्तव्य र धर्म सम्झेर, आफैलाई जोखिममा राखेर नागरिकको सेवामा निरन्तर लागि नै रहे । चाहे षडानन्द नगरपालिकाबासिले जस दिउन वा अपजस त्यो सबैलाई आत्मसाथ गरेर काम गरेको अनुभव छ कर्मचारी तथा जनप्रतिनिधिहरुमा ।
कोरोना रोकथाम र नियन्त्रण गर्न सरकारले लकडाउनको घोषणा गरेपछि षडानन्द नगरपालिकाले पनि समग्रमा प्रभावकारी भूमिका नै खेलेको छ । विदेश तथा आफ्नै देशका बिभिन्न जिल्लाबाट आएका नागरिकको व्यवस्थापनको लागि क्वारेन्टिन निर्माण, आरडीटी तथा पीसीआर परीक्षण, स्वास्थ्यकर्मीहरुको तयारी र लकडाउनकै अवधिमा सुरक्षा सावधानिसंगै दैनिक गतिविधि सञ्चालनमा षडानन्द नगरपालिकाले महत्वपूर्ण भूमिका खेलको तथ्य स्पष्ट छ । त्यसैको फलस्वरुप आजका मितिसम्म समुदाय स्तरमा कोभिड १९ फैलिएको छैन ।
केन्द्रीय सरकारले विभिन्न नीति तथा योजना बनाउँछ । तर कार्यान्वयनको पक्षमा भने स्थानीय सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ, गरिरहेको पनि छ । प्रत्येक घर घरको जानकारी र को कहाँबाट, कहिले आयो ? भन्ने सम्मका सबै विवरण स्थानीय सरकारसँग हुन्छ,हुनुपर्छ, सभ्वभतः छ पनि। शंकास्पद व्यक्तिको कन्ट्याक ट्रेसिङ सम्मका काममा पनि स्थानीय सरकार बढी सक्रिय हुनुपर्छ र रहेको पनि छ । यसरी समस्याको समाधान गदैँ जादा पनि षडानन्द नगरपालिकालाई विभिन्न आरोप प्रत्यारोप आउछन् र आए पनि । स्थानीय तहले कसरी त्यत्रो ठुलो खर्च धानो, कसरी क्वारेन्टिन व्यवस्थान गर्यो,कसरी हरेक कुराहरुको व्यवस्थान भयो होला भनेर सोच्नुको सट्टा क्वारेन्टिनमा बस्नेहरु मध्ये कसैले खानेबस्ने राम्रो व्यवस्था नभएको भन्दै आरोप लगाए, निर्मलीकरण गरेका ओढ्ने ओछ्याउने एक अर्कोले प्रयोग गर्न मानेन्, कसैले रिचार्ज कार्ड धरि मागे र कसैले फलफूल नदिएको भन्दै बिरोध सम्म गर्न भ्याए त कुनै समुहले स्वास्थ्यकर्मीलाई आक्रमण गर्न नखोजेका पनि हैनन् ती सबै षडानन्द नगरपालिका भित्रकै स्थानीय नागरिकहरु हुन् । कतिपय बजार बासिहरु वास्तविक कुरा नबुझि अरुकै लहइलहइमा लाकेर कुदेको, नगरपालिकालाई गाली गरेको सम्म पनि सुनियो, देखियो पनि । कोभिड १९ को महामारी रोकथाम र नियन्त्रणमा कतिपय शक्तिशाली मुलकसमेत असमर्थ भइरहेको अवस्थामा आफूहरुले राम्रो काम गरिरहेको दाबी गर्दै विभिन्न पक्षबाट औंल्याईएका कमीकमजोरी स्वीकार गर्न केन्द्रिय सरकार समेत तयार नभएको अवस्थामा स्थानीय सरकारको कमजोरी केलाउनु उपयुक्त नहुन सक्छ । अधिकार र स्रोत साधनको आधारमा समेत सीमित क्षमता हुने स्थानीय सरकारहरूबाट मात्र उत्कृष्ठताको अपेक्षा गर्नु सान्दर्भिक पनि हुँदैन ।
यस्तै चुनौतिका बिचमा षडानन्द नगरपालिकाले परेका समस्याको समाधान गरेरै अगाडि बढि रहेको छ । जसको अग्र पंक्तिमा स्वास्थ्यकर्मी देखिएको भएतापनि निति निमार्ण गर्ने जनप्रतिनिधि र अन्य कर्मचारीहरुको भुमिका संगै स्थानीय नागरिकहरुको भुमिका पनि महत्वपुर्ण रहेको हुन्छ । यो एउटा विपत्ती हो यस विपत्तीको सामना गर्न स्थानीय सरकारको मात्रै मुख ताक्नु, जनप्रतिनिधि, कर्मचारी, स्थानीय तहले काम गरेन भनेर चोकमा बसेर चिया गफमा भन्नु भन्दा षडानन्द नगरपालिकालाई रचनात्मक सल्लाह, सुझाव प्रतिकृया दिएर व्यक्ति व्यक्तिले हात मा हात मिलाएर अघि बढ्नु उपयुक्त हुन्छ । सरकारका विभिन्न तहका जनप्रतिनिधिहरु सरकारी अगंका कर्मचारीहरु, सुरक्षाकर्मिहरु स्वास्थ्यकर्मीहरु, सरकारी तथा गैरसरकारी सघंसंस्थाहरु, उद्योगी, व्यवसायीहरु, तथा आम उपभोक्ता तथा नागरिकहरुवाट समेत स्वतस्फुर्त रुपमा स्थानीय सरकारलाई साथ र सहयोगको उत्तिकै अवश्यकता पर्दछ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानहरु वन्द हुनु, यातायातहरु वन्द हुनु,उद्योग धन्दा कलकारखानाहरु वन्द हुनु, रोजगारिका अवसरहरु गुम्नु, विदेशमा रहेका नागरिकहरु स्वदेश फर्कनु, वेरोजगारी समस्या वढदै जानु, विपन्न असहाय तथा मजदुर वर्गलाइ खान लाउनको समस्या हुनु, कोरोना भाइरसको संक्रमण वाहेक अन्य सामान्य विरामीको उपचारमा समस्या आउनु, अत्यावश्यक कार्यमा समेत आवत जावतमा असहजता आउनु, स्वास्थ्यकर्मी लगायतका अन्य राष्ट्रसेवक र नागरिकहरुमा त्रासदी आउनु, अर्थतन्त्र कमजोर हुंदै जानु आदीजस्ता समस्या कोरोनाको प्रभावले निम्त्याएका समस्याहरु हुन । यि यस्ता समस्याले षडानन्द नगरपालिकासामु अनेकन चुनौतीहरु थपिदिएको छ । रोजगारीका अवसरहरु कसरी श्रृजना गर्ने, वेरोजगारी समस्यालाइ कसरी हल गर्ने, गाउँ फर्केका नागिरकहरुलाई कसरी सुरक्षित तवरले घरसम्म पुर्याउने, कोरोना भए नभएको परिक्षण कार्यलाइ कसरी छिटो छरितो र प्रभावकारी वनाउने, क्वारेन्टिन तथा आइसोलेसनलाई कसरी व्यवस्थित गर्ने र मापदण्ड अनुसार सञ्चालन गर्ने, कोभिड १९ संक्रमणको उपचारलाई कसरी व्यवस्थित वनाउने, कोरोनाको संक्रमणलाइ कसरी निर्मुल गर्ने आदि विषयमा षडानन्द नगरपालिकाबासिले नगरपालिका कार्यालयलाई, जनप्रतिनिधिलाई, कर्मचारीलाई सकारात्मक र रचनात्मक सुझाव दिन सक्नु पर्छ ।
अहिले मुलुकमा लकडाउन खोलिसकेको अवस्थामा षडानन्द नगरपालिकामा पनि वैदेशीक रोजगारीमा गएका वा नेपालकै अन्य स्थानमा रहनुभएका नागरिकहरु घर फर्कने क्रम छ । विशेष गरि चाडपर्वको समय भएर पनि । उनीहरुको व्यवस्थापन पनि षडानन्द नगरपालिकाको मुख्य चुनौति बनेको छ । उनीहरुलाई कृषि उत्पादन र रोजगारीमा लगाउन सकिएन भने भोलि त्यहिबाट विद्रोह र अपराध मौलाउने संभावना रहन सक्छ । विदेशबाट फर्किएकाहरुप्रति स्थानीय बासिन्दाहरुको नकारात्मक दृष्टिकोण विकास भइरहेको छ । उनीहरुलाई सामाजिक बहिस्कारसम्मका घटना देखापरेका छन् । यदि यो सोच लामो समयसम्म रह्यो भने परदेश जानेप्रति हाम्रो समाज असहिष्णु हुँदै जाने खतरा छ । तसर्थ, यसप्रकारका प्रवृत्तिलाई न्यूनीकरण गर्न जनप्रतिनिधिहरु तथा कर्मचारीहरुले निश्चित दुरी कायम राखेर भेटघाट गर्ने, सान्त्वना दिने र परामर्श दिने जस्ता कार्यहरु अघि बढाउनुपर्ने जरुरी छ । शंकास्पद संक्रमित व्यक्तिहरु र भर्खर विदेशको यात्राबाट फर्किएकाहरुलाई सकेसम्म सेल्फ क्वारेन्टिनमा बस्नु नै उपयुक्त विधि हुने हो र यसको विधिपूर्वक कार्यान्वयनमा अनुगमन गर्नु उत्तम उपाय हुने आजसम्मको अभ्यासबाट पुष्टि भएको छ ।
यसरी विश्व नै संकटको घडीमा हुँदा षडानन्द नगरपालिका पनि यस महाव्याधीबाट अछुत छैन । हामीले स्मरण गर्नैपर्छ, संसारमा ठूलाठूला राजनीतिक क्रान्तिपछि परिस्थिति बदलिएको छ । देशहरू विकसित बनेका छन् । यस्तै परिवर्तनबाहेक ठूला प्राकृतिक प्रकोप र महामारीको सामना गरेपछि समाज एवं राष्ट्र बदलिएको छ । त्यसैले कोरोना भाइरसले सिर्जना गरेको वातावरणले नयाँ ढंग सोच, नयाँ गन्तव्य पहिल्याउन हामीलाई बाध्य बनाइको छ । हाम्रो जस्तो विकासोन्मुख नगरपालिकाको लागि यो कोरोना संकटको चुनौतीसँग निकट भविष्यमा नयाँ अवसरका ढोका खोल्ने सुवर्ण मौका पनि यही हो । यस चुनौतीलाई समाधान गर्नु सबैको साझेदारी समन्वय र एकताको आवश्यकतामा निर्भर हुन्छ । यसरी कोराना संक्रमणले चुनौती र अवसर एकै साथ लिएर आएको छ । यस्ता चुनौती र अवसरलाई पहिचान गरी विद्यमान आर्थिक र सामाजिक संकटबाट माथी उठ्न सकिन्छ । यसका लागि सबै तहका सरकारले अल्पकालीन र दीर्घकालीन योजना बनाउनु जरुरी छ ।
(यो लेख लेखकको अनुभवमा निहित रहेको छ ।)