इटहरी : आफ्नो स्थापनाको १० वर्ष पुगेको अवसरमा सुनसरीको इटहरीमा रहेको स्काईनेट एजुकेशन इन्स्टिच्युटले १० जना विद्यार्थीलाई कक्षा ११ मा अध्ययन गर्न छात्रावृत्ति (स्कलरसिप) प्रदान गर्ने भएको छ । माध्यमिक शिक्षा परिक्षा (एसइइ) उतिर्ण गरेर इटहरीका सरकारी तथा निजि विद्यालयमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई ध्यान दिएर छात्रावृत्ति कार्यक्रम ल्यइएको इन्स्टिच्युटका सञ्चालक दिपक पोखरेलले जानकारी दिनुभयो ।
प्रदेश १ का विभिन्न ठाउँबाट इटहरीमा पढ्न आउने गरिव, जेहेनदार, अति विपन्न, मेहनती विद्यार्थीलाई सहयोग गर्न कार्यक्रम ल्याइएको पोखरेलले जानकारी दिनुभयो । कोरोना महामारीले धेरैको रोजगारी गुमेको र आफ्ना सन्तानलाई पढाउन नसक्ने अवस्थालाई मध्यनजर गरेर कार्यक्रम ल्याइएको हो । यसका लागि एसइइ उतिर्ण हुने विद्यार्थीले गूगल फारम भर्नुपर्ने छ ।
इच्छुक विद्यार्थीले यहि असोज १५ गतेसम्म फारम भरी सक्नुपर्ने पोखरेलले जानकारी दिनुभयो । पहिलो चरणमा आएका फारमको मुल्याङ्कन गरिने र परिक्षामा उत्कृट हुनेलाई छात्रावृत्ति प्रदान गरिने छ । सञ्चालक दिपक पोखरेलका अनुसार विद्यार्थीले चाहेमा पुरै, आधा, १० हजार र ५ हजार छात्रावृत्ति दिइने छ ।
विद्यार्थीले इटहरीमा रहेको सरकारी तथा निजि जुनसुकै विद्यालयमा अध्ययन गर्न पाउने छन् । १० जना मध्ये विज्ञान संकायका लागि २ जना, व्यावस्थापन संकायका लागि २ जना, होटल मेनेजभेन्टको लागि १ जना, शिक्षासास्त्र संकायको लागि १ जना, मानविकी संकायका लागि १ जना, प्राविधिक तथा व्यावसायिक प्रशिक्षण शिक्षा (सिटिइभिटि) का लागि ३ जनालाई छात्रावृति प्रदान गरिने भएको हो ।
Scholarship Form :
https://forms.gle/RuUjcLxUrQUkRKT36