अरुणसन्देश /
सामाजिक तथा मौलिक इतिहास समेटिएको सङ्खुवासभा जेष्ठ नागरिक आवजमा स्वर्गिय हर्कमाया घिमिरेको अनुभव अनुभुती र दृष्टि कोण समावेश गरिएको छ । यो पुस्तक पाठकधारा टोलविकास संस्था खाँदबारी-१ सङ्खुवासभाले २०७६ सालमा प्रकाशन गरेको पुस्तक हो । हर्कमाया घिमिरेको जन्म १९८९ साल वैशाख २९ गते भई २०८१ फागुन १९ गते मृत्यु भएको हो ।
सङ्खुवासभा जेष्ठ नागरिक आवजमा समेटिएको स्वर्गिय हर्कमाया घिमिरेको अनुभव अनुभुती र दृष्टि कोण जस्ताको तस्तै
मेरो नाम हर्कमाया धिमिरे हो । मेरो जन्म १९८९ साल वैशाख २९ गते चैनपुर भञ्ज्याङखर्कमा भएको हो । मेरा बुवा पशुपति गौतमका दुइटी पत्नी थिए । जेठी मेरी आमाको नाम कृष्णकला र कान्छी आमाको नाम श्वेतामञ्जरी हो। दुई आमाबाट ६ जना दाजुभाइ र ९ जना दिदीबहिनी जन्मिएका छौ । अहिले जीवित रहेका दाजुभाइ ६ जना र दिदीबहिनी चारजना बाँकी छौ । म बेटी बहिनी है।
भञ्ज्याङखर्क पहिले पूर्व ६ नं. चैनपुरमा थियो । त्यसपछि चैनपुर गाविस वडा नं. ८ भयो । हाल यो चैनपुर नगरपालिका वडा नं. ६ मा पर्छ। भञ्याङखर्कका गौतमहरूका बारेमा एउटा फरक प्रसङ्ग छ । पहिले पाल्पा राज्यमा पर्ने हरिदास गौतमका छोरा हेमन्त दरबारमा पण्डित काम गर्न काठमाडौं आएका थिए । १८३० सालताका पृथ्वीनारायण शाहको विजयसँगै धनकुटा आएका उनी सरकारका हितका लागि पूजाआजा गर्ने र सरकारलाई राजनीतिक, आर्थिक तथा प्रशासनिक परामर्श दिने गर्थे। ती हेमन्तले धनकुटामै बिहे गरेका थिए । समय बित्दै जाँदा चैनपुरको सिद्धकालीमा दुस्मनहरूले आक्रमण गरेको खबर प्राप्त भएपछि गोप्यरूपमा बुझ्न आएका हेमन्त आफ्ना छोरा तुलारामसहित लडाइँका लागि चैनपुर आएका र लडाइँमा सरकारी पक्ष विजयी भएको थियो । चैनपुर आसपास क्षेत्रमा सरकारी पक्षको रैती राख्ने, झगडाको निर्णय गर्ने तहबिल उठाउने र प्रशासनिक काम गर्ने जिम्मेवारी सो समयमा हेमन्त र उनका छोरा तुलारामलाई दिइएको थियो । उल्लिखित काम गर्न तुलाराम चैनपुरको भञ्ज्याङखर्कमा बसेका थिए । तुलारामका छोरा वृहस्पति, वृहस्पतिका छोरा काशीनाथ, काशीनाथका छोरा देवीप्रसाद र देवीप्रसादका छोरा पशुपति हुन् भन्ने कुरा सुनेकी थिएँ ।
चारैतिर डाँडाले घेरिएको बीचमा गहिरो परेको यो गाउँको नाम भञ्ज्याङखर्क रहेको छ । यो पश्चिमतर्फ फर्किएको धरातलमा रहेको छ । वरिपरि डाँडा भएर बीचमा रहेको भञ्ज्याङ खर्कमा जाडो महिनामा चाँडो घाम नलाग्ने भबिहान निकै जाडो हुन्थ्यो । यहाँ धेरैजसो गौतमहरूकै घर थिए भन तामाङका घरहरू पनि थिए । हाल धेरैजसो गौतमका छोराछोरी पढाइका क्रममा विराटनगर तथा काठमाडौ गई बसेका छन ।
मेरा हजुरबुवा देवीप्रसाद दण्डी स्वामी भई बनारसमा बस्नुभएको थियो दण्डी स्वामीले सधै एउटा दण्ड साथमा राख्नुपर्ने पैसा आगो र कसैलाई उन नहुने, कसैले छोएको खान नहुने, मागेर खान नहुने नियम हुन्छ भन्नु हुन्थ्या मेरा बुवा पशुपति नित्य पूजापाठ गर्नुहुन्थ्यो । बिहान सबैरै उठ्ने, नजिकका कुवामा गएर नुहाउने, स्तोत्र पाठ गर्दै घरमा आएर बिहान लामो समयसम्म पूजा गर्ने उहाँको बानी थियो । घरमा देवीभागवत, श्रीमद्भागवतलगायतका पुराण भइरहन्थे । हजुरबुवा बनारसमा बसेको समयमा म नौ वर्षकी थिएँ । त्यसैबेला म बुवाआमासँग बनारस पुगेर हजुरबुवालाई देखेकी हुँ । २०५३ सालमा पनि म पतिसँग गयामा श्राद्ध गर्न र बनारस हेर्न गएकी थिएँ । २०६७ सालमा छोरा सुरेश र बुहारी सुलोचनासँग गया, बनारस, मथुरा, वृन्दावन र हरिद्वार दर्शन गर्न पुगेकी थिएँ । २०६९ मा भने सपरिवार आसामको कामाक्षी मन्दिर दर्शन गर्न पुग्यौ । नेपालका पशुपति, जनकपुरको जानकी, धरानको पिण्डेश्वर र स्थानीय मन्दिरको दर्शन गरेकी छु । कृष्णाष्टमी, रामनवमी, शिवरात्रि, तीज, सबै एकादशी, साउने सोमबार र पुस महिनाको आइतबार म व्रत बस्ने गर्दथे ।त्यसबेला घरघरमा खानेपानीको व्यवस्था थिएन । कुवामा गएर माटोको गाग्रोमा बोकेर ल्याउनु पर्थ्यो। खरानी(पानीमा खड्कुलोमा पकाएर लुगा धुइन्थ्यो । यसरी बहानमा लुगा पकाएर बिहानभरि लगाएर लुगा धुने काम त्यति सजिलो थिएन । अहिलेजस्तो साबुन पाइँदैनथ्यो । कसैकसैले रिष्ठ्ठाको बोक्रो पानीमा उमालेर साबुनजस्तो बनाई लुगा धुने गर्थे। नुहाउनका लागि सिउँडी तथा कमेरो प्रयोग गरिन्थ्यो । बिहे तथा व्रतबन्ध गरेकाले मात्र भात पकाउँथे । सो कर्म नगरेकाले पकाएको बिहे तथा व्रतबन्ध गरेकाले खाँदैनथे। भात पकाउँदा तथा खाँदा महिलाले चोलो फुकाएर र पुरुषले धोती कछाड लगाएर खानु पर्थ्यो ।मेरो बिहे २००२ साल वैशाख महिनामा १३ वर्षको उमेरमा खाँदबारीनिवासी १५ वर्षीय झषनाथ घिमिरेसँग भएको थियो। मेरो बिहेमा जुत्ता, चप्पल केही लगेको थिएन । पाइँदैनथ्यो पनि । दुइटा डोली बेहुला बेहुलीका लागि लगेका थिए । खाँदबारी घिमिरे गाउँका पण्डित मकरध्वज घिमिरेका दुझ्टी पत्नी जेठी लक्ष्मीकला र कान्छी विष्णुकला थिए। दाजुभाइमा १३ अंशमध्ये मेरा पतिले पनि एक अंश पाउनुभएको थियो भने ८ जना नन्दआमाजू त मैले पनि देखेकी थिएँ ।ससुराका दुईतर्फबाट १८ भाइ छोरा २९ बहिनी छोरी जन्मिएका थिए भन्थे । दुईतिरका धेरै सन्तान भएको ठूलो परिवार थियो । त्यस समयमा चिउरा चामल बनाउने काम ढिकीमा हुन्थ्यो । ठूलो परिवारका लागि खाना बनाउनु पथ्यौ । धान कुटेर चामल बनाउन रातभरि ढिकी चलाउनु पर्थ्यो । दिनभरि काम गरेर रातभरि ढिकीजाँतो गर्न पनि धेरै जटिल कार्य थियो । त्यतिबेलाका बुहारीलाई धेरै बुहार्तन थियो त्यो मैले पनि धेरै भोगेकी थिएँ ।
पहिलेको समयमा धेरै जहानसँगको ठूलो परिवारमा रहँदा खानपिनको व्यवस्था गर्न कठिन थियो । २० जनाको जहानलाई खाना बनाउने काम सजिलो थिएन । त्यतिबेला अहिलेको जस्तो ग्यास, लाइटर, सलाई तथा राइसकुकर थिएनन् । सबै आगोमा पकाउनु पर्थ्यो र काला भाँडा सफा गर्नुपर्थ्यो । झुलो बकमकले आगो जगाएपछि अँगेनोमा राखिन्थ्यो । यसरी आगो राख्न सक्ने बुहारीलाई लच्छिनकी बुहारी भन्थे ।
माइतीघरजस्तै यता पनि पूजापाठ गर्ने चलन थियो । दुना, टपरी प्रशस्त चलाउने भएकाले हप्तामा एक दिन जङ्गलमा गएर पात टिपेर ल्याई गाँस्नुपर्थ्यो । साना छोराछोरीसँग ती काम गर्न गाह्रै थियो । सासूआमालाई छोराछोरी जिम्मा लगाएर हिँड्न पनि सासूबुहारीकै छोराछारी सँगसँगैका भएकाले समस्या नै थियो ।
२०१५ सालमा ठूलो परिवारबाट अलग भएर भिन्नै बस्यौ । त्यतिबेला बूढा मान्छे जागिरमा जानुहुन्थ्यो। जागिर थाल्दा महिनाको तलब रू। ३० थियो । २०१६ सालमा दिलामा पढाउँदा रू। ६० पाउनुहुन्थ्यो। पछिपछि त तलब बढ्दै गयो। त्यसले पनि घर खर्च धानेर खेतसमेत किनेका थियौ। म बिहे गरेर आएको समयमा खाँदबारीमा विद्यालय थिएन । दिड्ला र चन्दनपुरमा पढाइ हुन्छ भन्थे । खाँदबारीमा राधाकृष्ण स्कुल २००६ सालमा मात्र खुलेको हो । लेख्नका लागि कलम, डटपेन, कापी केही थिएन। बालबालिकाले अक्षर चिन्नका लागि काठको सानो फलेकमा धुलो माटो राख्ने र छेस्काले लेख्ने गर्थे । अलिक लेख्न जान्ने भएपछि स्लेट र खरी प्रयोग गरी लेख्थे । कापीमा लेख्न थालेपछि बाँस तिखारेर कलम र चक्की मसी पकाएर मसी बनाइँथ्यो । कसैले आँपका पात र अँगेरीका पात पकाएर पनि मसी बनाई त्यसैमा चोप्दै लेख्ने गर्थे । त्यसबेला राधाकृष्ण स्कुलमा हरिप्रसाद भण्डारी, प्रेमप्रसाद अधिकारी, षडानन्द घिमिरे तथा हेमराज नेउपाने शिक्षक थिए । अरू शिक्षकको नाम भने सम्फन सकिनँ । जयप्रसाद चापागाई, टेकनाथ घिमिरे, सूर्यबहादुर श्रेष्ठ, पर्शुराम निरौला, मकरध्वज घिमिरे, नारद घिमिरेहरू स्कुल चलाउन तल्लीन रहन्थे ।
त्यतिबेलाको समयमा महिलाले सारी चोलो लगाउनु, कम्मरमा पटुक बाँध्नु, टाउकोमा फेटा गुथ्नुपर्थ्यो भने पुरुषले दौरा वा कमिजसुरूवाल ज्वारीकोट टोपी लगाउँथे । जुत्ता चप्पलको चलन थिएन । पुरुषहरू कसैकसैले काठको खराउ र कसैले स्थानीय छालाका जुत्ता लगाउँथे । जाडो महिनामा लगाउने खाडीको दौरा(सुरुवाल तथा गौनको सारी बाक्ला र ताता हुन्थे । पातला र चिप्ला लुगा थिएनन् । बिरामी पर्दा उपचार गर्न अहिलेजस्तो अस्पताल र डाक्टर हुँदैनथे । जो बिरामी परे पनि धामी झाँक्री लगाउँथे। रोग चिन्न नसकेर पनि मान्छेहरू मर्थे । धेरै केटाकेटीलाई बिरामी हुँदा झारपात, जराबुटा खुवाएर पनि निको पारिन्थ्यो ।
बिहे गरेको केही समयमै पति अध्ययनका लागि काठमाडौं जानुभएको थियो । पूर्वमध्यमा (एस एल सी सरह) र बनारसमा उत्तरमध्यमा (आई.ए. सरह) तथा शास्त्री (बी.ए. सरहको) लागि जानुभएको थियो आचार्य (एम.ए सरहको) प्रथम वर्षको परीक्षा सकेर आएपछि घरायसी जटिलताको कारणले दोस्रो वर्षको परीक्षा दिन जानुभएन । शास्त्री र आचार्य प्रथम वर्षको मूल विषय उहाँको वेदान्त (ईश्वर छन्) भन्ने हो। पढाइ सकेर आएपछि उहाँले कथा, पुराण भन्ने कर्मकाण्ड गर्ने गराउने साथै मानेभञ्याङ, खाँदबारी, दिला, वाना र हेदाङ्नामा पढाउनुभयो । जसबाट घरव्यवहार चलाउन केही सजिलो भयो । २०४९ सालमा उमेर हदका कारण अनिवार्य अवकाश भएपछि निवृत्तिभरणमा बस्नुभएको थियो । उहाँले माध्यमिक तहमा नेपाली विषय पढाउनुभयो । त्यसैले नेपाली विषयलाई महत्व दिँदै हिमालय मा.वि. खाँदबारीबाट एस.ई.ई. परीक्षामा नेपाली विषयमा उत्कृष्ट अंक ल्याउने एकजना छात्र र एकजना छात्रालाई रू. एक लाखको ब्याजबाट दामासाही छात्रवृत्ति दिन अक्षयकोष स्थापना गरेकी छु । हाल म उहाँले पाउने निवृत्तिभरणको आधा रकम पाइरहेकी छु । त्यसले मलाई तीर्थ, व्रत पूजाआजा, दानदातव्य र औषधोपचार खर्च गर्नसमेत पुगेकै छ ।
पतिको पढाइकै क्रममा बीचबीचमा तीनवटी छोरी मैया, राधा र लक्ष्मी जन्मिए । आफ्ना बालबच्चासँगैका नन्द, देवर अनि घरधन्दा र व्यवहार गर्न निकै कठिन परेको थियो । तीनवटी छोरीपछि एउटा छोरो जन्मियो । ६ दिनका दिन रातभरि छैटी गरेर जागृत बसी छरछिमेकी तथा बन्धुबान्धव दिउँसो आराम गरिरहेको बेला सातौ दिनमै परलोक भयो । त्यसपछि सुरेशकुमार छोरो जन्मियो अनि जन्मिएकी सरस्वती छोरी पाँच वर्षको उमेरमा परलोक भई । त्यसपछि क्रमशः अम्बिका छोरी, किशोर छोरो, रजिता छोरी तथा रीता छोरी जन्मिए । अहिले छोरो सुरेशकुमार लेखा अधिकृतबाट अनिवार्य अवकाश भएर घरमै बसेका छन् ठुली बुहारी सुलोचना हिमालय मावि खाँदबारीमा नेपाली छिन् । कान्छो छोरो किशोर खोटाङ जिल्लामा जिल्ला न्यायाधीश काम गरिरहका छन् भने कान्छी बुहारी पुष्पकला काठमाडौंमा छोरो पढाएर बसेकी छन् ।
पहिले प्रोपीलाई पढाउनुपर्छ भन्ने चलन थिएन । त्यसैले ठूली छोरी माहिती राधा साहिली लक्ष्मी र काहिली अम्बिकाले पढेनन् । साधारण भए। म पनि नेपाली अक्षर पढ्न सक्छ तर लेख्नचाहि जान्दिनँ । ही गर्नुपरेमा ल्याप्चे लगाउँछ । ठूला ज्वाइँ कृष्णप्रसाद खनाल खाँदबारी रपालिकाको अर्थमा बस्नुहन्छ । सामान्य खेतीपाती गर्नुहन्छ र यजमान कर्म ए(गराउनु हुन्छ । माहिली छोरी राधा आसामको डिब्रुगढ भन्ने ठाउँमा बस्छिन् । बाई गोकुलप्रसाद दाहालको २०६६ सालमा निधन भयो । २०६९ सालको दसैमा हामी सपरिवार आसाम गएका थियौ। चियाका पात बेचेर छोरी तथा नातिहरूले यवहार सजिलैसँग चलाएका रहेछन् । चियाको पात लिन गाडी घरमै आउँदो रहेछ। दाम पनि राम्रो पाएको देखेर खुसी लाग्यो ।
साहिँली छोरी लक्ष्मी र ज्वाइँ थवनाथ काफ्ले मोरङ जिल्लाको बाहुनी भन्ने ठाउँमा बस्छन् । साहिँला ज्वाइँ पनि ठूला ज्वाइँको जस्तै सामान्य खेतीपाती र उज्मान कर्मकाण्ड गर्नुहुन्छ । काहिँली छोरी अम्बिका मोरङको लेटाङ बुधबारेमा बस्छिन भने ज्वाइँ राजन नेपाल धनकुटा जिल्लामा स्वास्थ्य सेवाको नासु सरहको पदमा काम गर्नुहुन्छ । अन्तरी छोरी रजिता मोरङ विराटनगरमा बस्छिन् र त्यही शिक्षक पनि छिन् । ज्वाइँ शालीग्राम दाहाल घरपायक मोरङ जिल्लामा शिक्षा विकास समन्वय एकाइमा शाखा अधिकृत हुनुहुन्छ । कान्छी छोरी रीता पनि दिदी रजिताजस्तै विराटनगरमा बस्छिन् । त्यही शिक्षक भई काम गर्छिन् । ज्वाई अर्जुन निरौला यसै जिल्लाको चैनपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।
मेरा तीनजना छोरा र सातजना छोरी जन्मिएकोमा हाल २ छोरा र ६ छोरी बाँचेका छन् । २५ जना नातिनातिनी तथा २९ जना पनातिपनातिनी र एकजना खनाति छ । नातिनातिनी पनि निजामती, शिक्षक, बैंकिङ सेवा तथा व्यापार व्यवसाय गरेर बसेका छन् । सबै छोरा-बुहारी, छोरी-ज्वाइँ, नातिनातिना स्वस्थ छन । सबैको व्यवहार राम्रो छ । अझै राम्रो चलिरहोस। भगवानसँग यही प्रार्थना गर्छ । मैले जीवनमा धेरै सङघर्ष गरे । सङघर्ष गर्न त त्यति गाह्रो दो रहेनछ, तर परिवारको मृत्यु वाण खप्न धेरै गाह्रो हुँदो रहेछ । पहिलो छोरो २०१५ सालमा सात दिनमा छोरी सरस्वती ५ वर्षको उमेरमा २०२४ सालमा मृत्यु हुँदाको वेदना जसोतसो खपेर बेसेकै थिएँ । वेदनाका साथसाथै जीवनयात्रा चलिरहेको थियो । २०५६ साल फागुन ८ गते पति झषनाथ घिमिरेको ७० वर्षको उमेरमा भएको निधनले जीवनमा धेरै दुःखको अनुभव भयो ।
दुःख र सुख दिन र रातजस्तै हुँदो रहेछ । ती दुःखका अनुभूतिसँगै सुखका दिन पनि स्मरणीय छन् । त्यसमा मेरा पति झषनाथ घिमिरेले २०१२ सालमा स्नातक (शास्त्री) परीक्षा उत्तीर्ण गरी आउँदा समाजले दिएको सम्मानबाट म धेरै खुसी भएँ । उहाँ यस जिल्लाको सभा उत्तर निर्वाचन क्षेत्र नं १ को स्नातक गर्न पहिलो व्यक्ति हुनुहुन्थ्यो । त्यसैगरी माहिली छोरी राधा बिहे गरी आसाम गएपछि सम्पर्कविहीन भए । बीचमा भेटघाट, फोनवार्ता केही भएन । सत्ताईस वर्षपछि अकस्मात यहाँ आउँदाको खुसी कहिल्यै बिर्सन सक्तिनँ । छोराबुहारी छोरीज्वाइँ तथा नातिनातिनी पढाइमा सफल भएको र जागिरमा नाम निकालेको देख्दा नसोचेको खुसी लाग्यो। म बसिरहेको घर बनाउँदा, घरमा पहिलो दिन घडी र रेडियो किन्दा, २०४६ सालमा घरमा बिजुली बल्दा, कम्प्युटर किन्दा, खानेपानीको धारा आँगनमा खस्दा, एउटा मोबाइल किन्दा र पाठकधारा टोल विकास संस्थाले मलगायत एक सयजना बूढाबूढीको जीवनी पुस्तक निकाल्न मेरो भनाइ रेकर्ड गर्दाको खुसीलाई शब्दमा व्यक्त गर्न सक्तिनँ ।
२०५६ सालमा पतिको मृत्युपछि मलाई टाउको दुख्ने रोग लाग्यो । छोराहरूले सकेको उपचार गरे। कान्छा छोरा किशोरका साथमा सिलगढीसम्म पुगे । बरू रोगहरू नै थपिँदै गए । २०७० सालदेखि गोडा सुन्निन थाले । उपचारकै क्रममा मुटुरोग, उच्च रक्तचापजस्ता रोग थपिँदै गए । २०७१ सालमा काठमाडौको निजामती अस्पतालमा आई.सी.यू. मा बस्नुपयो। त्यहाँ केही आराम त भयो, तर रोग निको भएन । रोगले गलाउँदै लगेपछि छोराबुहारीले मेरो आग्रहमा वैतरणी गरिदिए । त्यसबेला ११ दिनसम्म केही खान सकिनँ । बाह्राै दिनका दिन एक चम्चा भात खाएकी थिएँ ।
अहिले त बसेकै ठाउँमा पटकपटक दिसापिसाब भएको छ । दिसा मात्र दिनमा २० पटकसम्म जानुपर्यो । पिसाबको सङ्ख्या त यकिन गर्न सकिँदैन । जाडोको समयमा तातो गरी सुतेको समयमा दिसापिसाब लाग्छ । छोराबुहारीले पनि राम्ररी सुत्न पाउँदैनन् । बन्धुबान्धब तथा छरछिमेकीले पनि धेरै सहयोग गरे । छोरीज्वाइँहरू पनि अनुकूल मिलाएर समयसमयमा आउनुहुन्छ । सहयोग गर्नुहुन्छ । कहिले शौचालयसम्म जान र आउन सक्छु । कहिले जान सक्छु आउन सक्तिनँ । कहिले आउन सक्छु जान सक्तिनँ । छोराबुहारीले नै डोर्याएर लैजान्छन् । कहिले अनियन्त्रित वमन हुन्छ । सरसफाइ गर्नका लागि पानी चाहियो । छोराबुहारी मेरा लागि भनेर रातको समयमा पनि धारामा गएर पानीको जोहो गर्छन् । स्वस्थ तन्दुरूस्त भएको बेलामा त बॉचिरहन पाए हुन्थ्यो जस्तो लाग्छ । अहिले त थला पर्दा धेरे पीडा भएको छ क्ष् अरूले पनि दुःख पाएका छन् । हामो देश स्वर्गजस्तै छ । तऋषिमुनिहरूको तपोभूमि पनि हो । यहाँ विभिन्न ( देवीदेवताको वासस्थान छ तर यस्तो भूमिमा अशान्ति भयो धेरै जनधनको ( क्षति भयो अब त्यस्तो अशान्ति नहोस् सबैले सुखी र खुसी भएर बस्न ( सकून् बिग्रेका बाटा, स्कुल, पुलहरू समयमा राम्रा र बलिया बनून् क्ष् हाम्रो पालामा छिटो बिहे गरिदिने चलन थियो । त्यही भएर हामीले पढ्न पाएनौ । अब त धनी मात्र होइन, गीरबका छोरानातिहरू र छोरीनातिनीहरूले पनि स्कुल जान पाएका छन्, पाऊन् । कलिला छोरीनातिनीहरूलाई कुकर्म गरेर मारेको रेडियोमा सुन्छु। सारै दुःख लाग्छ । देशमा रावण राज्यको अन्य भई रामराज्य आओस् । सबै मनुष्य तथा प्राणीहरूमा सुख, शान्ति, आनन्द, प्रेम, शक्ति, पवित्रता, ज्ञान प्राप्त भइरहोस् । सबैमा मानवता, भ्रातृत्व गँसिइरहोस् सबैमा सदाचार कायम रहन सकोस् । सम्पूर्णमा यही शुभकामना !