खाँदबारी । "वातावरणीय स्वच्छता कायम राखौ, स्वस्थ जिवन बाँचौं" हाम्रो फोहोर हाम्रै जिम्मेवारी भन्ने नाराका साथ नेपाल पत्रकार महासंघ जिल्ला शाखा सङ्खुवासभाको आयोजनामा सदरमुकाम खाँदबारीमा सामुहिक सरसफाई अभियान संचालन सुरु भएकाे छ । अत्याधिक फोहोरका कारण जिल्ला सदरमुकामको प्रमुख बजारका रुपमा रहेको बसपार्क क्षेत्रको सौन्दर्यता खच्किएको भन्दै पत्रकार महासंघ, खाँदबारी युथ क्लव, समृद्ध बहुउद्धेशीय सहकारी संस्था, नेपाल अर्बूद रोग निवारण संस्थासँगको संयुक्त आयोजनामा आज आइतबार सरसफाई कार्यक्रम गरेकाे हाे । खाँदबारीकाे बसपार्क क्षेत्रमा सरसफाई गरेर सरसफाई अभियानको सुरुवात गरिएकाे पत्रकार महासंघ अध्यक्ष कृष्णराज शाक्यले जानकारी गराए ।
सरसफाई अभियानमा जिल्ला समन्वय समिति सङ्खुवासभा, खाँदबारी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल टेलिकम, जिल्ला प्रहरी कार्यालय, रेडक्रस, यातायात ब्यवसायीहरु लगायतको सहभागिता रहेको थियो । बसपार्क क्षेत्रमा यात्रु, यातायत व्यवसायी, स्थानिय व्यापरीहरु लगायतबाट जथाभावि रुपमा फालिएका प्लाष्टिकका बोतल, फुटेका शिसी लगायतका प्लाष्टकजन्य फोहोर सकलन गिरएकाे हाे । करिव एक सय जनाको सहभागिता रहेको सामुहिक सरसफाई अभियान मार्फत दुई ट्याक्टर फोहोर संकलन गरि खाँदबारी ९ स्थीत डम्पीङ्ग साईटमा पुर्याईएको पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिष्ट अतिथी खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया, सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे, काँग्रेसका पुर्व जिल्ला सभापति दिपनकुमार श्रेष्ठ, रेडक्रस सभापति सरोजकुमार बज्राचार्य लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो । अभियानका प्रमुख अतिथी शाक्यले यो अभियानले फोहोरमैला ब्यवस्थापनका लागि जनचेतना फैलाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने धारणा राख्दै यसको दिगो समाधानका लागि खाँदबारी नगरपालिकाले विशेष कार्यक्रम ल्याउन आवश्यक रहेकोमा जोड दिनु दिए । अभियानका प्रमुख अतिथी शाक्यले पृथ्वी सबैको साझा भएकाले भावी पुस्ताका लागि समेत हामिले स्वच्छ वातावरणमा बाँच्न योग्यरुपमा यसलाई हस्तान्तरण गर्नूपर्ने दायित्व रहेको धारणा राखे ।
कार्यक्रममा खाँदबारी नगरपालिका १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठले फोहोर ब्यवस्थापनका लागि पत्रकार महासंघले सुरु गरेको अभियानको दिगोपनाका लागि वडाको तर्फबाट सकेको सहयोग उपलब्ध गराईने प्रतिवद्धता जनाए । वडाध्यक्ष श्रेष्ठले बसपार्क क्षेत्रमा रहेका काउण्टर संचालक, यात्रु र टोल बिकास समितिको सक्रियतामा चाँडै नै त्यस क्षेत्रमा दिगो सरसफाईका लागि वडाका तर्फबाट पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा समापन मन्तब्य राख्दै महासंघका अध्यक्ष कृष्णराज शाक्यले पत्रकार महासंघले संचालन गरेको सरसफाई अभियानमा सहकार्य गर्ने खाँदबारी युथ क्लव, संबृद्ध बहुउद्धेशीय सहकारी संस्था, नेपाल अर्बूद रोग निवारण संस्था लगायत सरसफाई अभियानमा सहभागि हुने जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, खाँदबारी नगरपालिका, रेडक्रस लगायतलाई धन्यबाद तथा आभार प्रकट गरेका गर्नु भएको थियो । बसपार्क क्षेत्रलाई दिगो रुपमा स्वच्छ बनाउन सरसफाई अभियानलाई प्रभवकारी बनाईने अध्यक्ष शाक्यले बताए । सरसफाई प्रभावकारी बनाउन यातायत व्यवसायी, स्थानीय व्यापरी, स्थानीय टोल विकास संस्था लगायतका सरोकारवाला सँग छलफल तथा अन्तरक्रिया गर्ने प्रतिवद्धता जनाएका छन् ।