मुनामदनको नयाँ कथा आएको छ देशमा
लक्ष्मी तिम्रो मुनामदनको कथा पुरानो भो
शिक्षाको ज्योती झलमल्ल भाको हो किअलमल्ल देशमा
लक्ष्मी अचेल आफ्नै गाउँ घर शहर बजार बिरानो भो
भोट जान उकालो चड्ने तिम्रा बेलाका मदनहरु
अचेल मेक्सिकोको पर्खाल चड्न लाम लाग्दैछ्न
उस्तै छन अझै पनि सहयात्री मदनका साथीहरू
लाभको पोको टिप्न साथ छोडी बिचै ती अघि बढ्दैछ्न
अक्षर चिन्ने थिइनन होला तिम्रा जमानाका मुनाहरु
हाम्रा मुना छिर्छ्न नयाँ मुग्लान अक्षर किन्ने हतारमा
मेलापात, घर धान्दा गर्दै बस्ने तिम्रा मुनाहरु
अचेल जोबन बेच्दै छन् रे सुन टिप्ने हतारमा
सेवा गरी नथाक्ने तिम्रा भोटका भोटे दाइहरु
उस्तै सेवक भेटिदैन अचेल खोज्दा कहि कतै अरु
हातमुख जोड्न मुग्लाङ जाने ती बेलाका साथिभाईहरु
समृद्धिका सपना देख्न देश छाड्छ्न अचेल हाम्रा भाइभातिजहरु