खाँदबारी । शिक्षक भीम बहादुर कट्टेलद्धारा लिखित “हाम्रा विद्यालय राम्रा विद्यालय” विमोचन भएको छ । शिक्षक कट्टेलद्धारा लिखित कसरी बनाउने “हाम्रा विद्यालय राम्रा विद्यालय” नामक पुस्तक सोमबार सङ्खुवासभा सदरमुकाम खाँदबारीमा विमोचन गरिएको हो ।
पुस्तक विमोचन प्रमुख अतिथि खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, विशिष्टहरु अतिथि प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का, खाँदबारीकी उपमेयर महेश्वरा वज्राचार्य लगायतले गरे । हाम्रा विद्यालय राम्रा विद्यालय कसरी बनाउने भन्ने विषयमा लिखित पुस्तकमा दश मण्डलमा विभाजन गरिएको छ । पुस्तकमा प्रचलित ऐन, कानुन र शैक्षिक नीतिहरु, ट्रेड युनियनका माग र मुद्वाहरु, बालमैत्री सिकाई र कक्षा व्यवस्थापन, विभिन्न प्रेरक प्रसङ्ग र शैक्षिक लेखहरु समावेश गरिका छन् । त्यसैगरी लेखकका खोज, संलग्नता तथा अनुभव, विभिन्न व्यक्तिका अनुभव र दृष्टिकोणहरु पुस्तकमा लेखक कट्टेलले अटाएको पाइन्छ । “समृद्ध नेपाल, सुखी नेपालीको आधार : शिक्षा” विषय पनि पुस्तकमा समावेश छ ।
लेखक कट्टेलले पुस्तकको छैटौं मण्डलमा आफ्ना खोज, संलग्नता तथा अनुभवहरु प्रस्तुत गरेको छन् । यस मण्डलमा कट्टेलले नेपालको शैक्षिक अवस्था, शिक्षा पेशामा आफ्नो अनुभव लेखेको पाइन्छ । यसै मण्डलमा शिक्षकको दिनचर्या उल्लेख गर्दै एक शैक्षिक सत्रमा हुने चक्रका बारेमा लेखकले चर्चा गरेका छन् । शिक्षण पेशा बाहेक शिक्षकको दिनचर्याको बारेमा केही विषयवस्तुहरु पुस्तकमा पाउन सकिन्छ ।
बाल मैत्री सिकाई र कक्षा व्यवस्थापनका विषयमा सातौ मण्डलमा विशेष चर्चा गरिएको छ । राज्यको लगानी अनुसार प्रतिफल नआएको अवस्थामा यस खण्डमा शैक्षिक सुधारका विषयमा थुप्रै प्रश्न चिन्हहरु खडा गरेको पाईन्छ । शिक्षकको विद्यालय आउने समय र नियमितता, पोशाक र अनुशासन, कक्षाकोठा व्यवस्थापन, विषयवस्तुको ज्ञान, शिक्षण विधि लगायतका बारेमा उल्लेख गरिएको छ । पाठ्यक्रम र शिक्षक निर्देशिकाले तोकेको उदेश्यहरु अनुरुप शैक्षिक गतिविधि हुनु पर्ने पुस्तकमा भनिएको छ । २५ वर्ष शिक्षक पेशामा जीवन विताएका कट्टेलले शैक्षिक सुधारको हरेका विषयमा प्रश्न उठाएका छन् ।
लेखक कट्टेलले आफ्ना लेख तथा विभिन्न व्यक्तिका अनुवभ तथा विचारहरु लाई बुँदागत रुपमा प्रस्तुत गरेका छन् । कट्टेल भन्छन्–बुँदा विषय वस्तु पढ्न पाठकको आर्कषण भएकाले पाठक लक्षित गर्दै, बुँदागत रुपमा विषयवस्तु प्रकाशन गरिएको हो । पुनः दोस्रो भाग समेत प्रकासन गर्ने उनि बताउँछन् ।
अनुभव तथा दृष्टिकोण मण्डलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, पुर्व प्रमुख प्रशासक(कर्मचारी सञ्चयकोष) तुलसीप्रसाद गौतम, जिल्ला समन्वय प्रमुख सुमन शाक्य लगायत १७ जनाको अनुभव तथा दृष्टिकोण समावेश गरीएको छ । पुस्तक विमोचन कार्यक्रममा शिक्षक तारा बहादुर बुढाथोकी, मनकामना रत्नअम्बिका माविका प्रधानाध्यापक कुबेर प्रसाद भेट्टुवाल, बरुण बहुमुखी क्याम्पस प्रमुख चित्ररेखा अधिकारीले पुस्तकको समालोचना गरेका थिए ।
शैक्षिक नीति स्पष्ट रुपमा आउन नसक्दा शैक्षिक गुणस्तरमा पनि सुधार हुन नसकेको कार्यक्रमका प्रमुख अतिथि खाँदबारीका मेयर महेश थपलियाले बताए । शैक्षिक नीति व्यवहारीक, वैज्ञानिक, रोजगारमुलक बनाउन नसकिएको उनको भनाई छ । शैक्षिक सुधार नहुनुमा राज्य पक्षकै दोस रहेको मेयर थलिया बताउँछन् । शैक्षिक गुणस्तरका लागि विद्यालयको पुर्वाधार विकास हुन जरुरी बताए । तर पुर्वाधार विकासले मात्रै शैक्षिक गुणस्तर राम्रो हुन सक्ने उनि बताउँछन् ।
कार्यक्रमका वक्ताहरुले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि अविभावक, शिक्षक, सरकार सबै एक जुट भएर लाग्नु पर्ने धारण राखे । पुर्वाधार विकास प्रर्याप्त भएका विद्यालयहरुको नतिजा समेत कमोजर रहेको भन्दै त्यसको सुधारका लागि अविभावक समेत जाग्नु पर्ने बताए । सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम विद्यालयमा उपस्थित हुने नै कमजोर रहेको सहभागि वक्ताहरुले जानकारी गराए ।
नेपाल शिक्षक महासंघ सङ्खुवासभाको आयोजनामा भएको पुस्तक विमोचन कार्यक्रम महासंघका जिल्ला अध्यक्ष शेरबहादुर पुरीको अध्यक्षतामा भएको हो । कार्यक्रममा शिक्षक, कर्मचारी, जनप्रतिनिधी, कर्मचारी, नागरिक समाज लगायतको उपस्थीति रहेको थियो ।