निर्मला ठगुन्ना
१.
भेट्न नपरोस बाचा कसम तोडी जाने लाई
लगाई माया विच बाटो मै छोडी जाने लाई ।
यो जुनि त के हजार जुुनि सम्म देख्न नपरोस
मलाई एक्लै छोडी बाटो मोडी जानेलाई ।।
२
फुल्न नपाई डालीबाटै झरे भने माफ गर्नु है
अन्जान मै मैले गल्ती गरे भने माफ गर्नु है ।
जीवन भरी माया गर्छु छोड्ने छैन तिमीलाई
बाध्यताले छोडी बसाई सरे भने माफ गर्नु है ।।
३
सुख दुख तिमी संग साट्न मन छ मलाई
यो जीवन त तिमीसंगै काट्न मन छ मलाई ।
तिम्रो पनि सहमती छ, भने त मेरो प्रिय
नचुडिने मायाको डोरी बाट्न मन छ मलाई ।।
४
म संगै जीवन जिउने मान्छे चाहियो
फाटेको यो मन सिउने मान्छे चाहियो ।
चोखो अनि निश्चल माया दिउँला बरु सधै
यो मायाको नशा पिउने मान्छे चाहियो ।।
५
मरि सके म मेरो लास हेर्न आउनु
मृत शरिर अंगालोमा बेर्नलाई आउनु ।
तिम्रैहातको दागबत्तीले मेरोचिता जलाउन
एक काँटी सलाई काटी केर्न लाई आउनु ।।
६
यदि म मरे भने उस्लाई खबर पठाई दिनु
दुई थुङ्गा फुल ल्याई लासमाथि चढाई दिनु ।
जीउदो छदा त मलाई पिडामात्र दिईरहेथ्यो
मरेपछि मेरालागी दुई थोपा आँशु खसाईदिनु ।।
७
नल्याउ मेरो लागी उपहार म मरीसके
सुनाई दिनु उस्लाई खबर म मरिसके ।
भन्थ्यो तिम्लाई छाडी उस्लाई माया गरु की
नपर्नु है प्रिय अब दोधार म मरी सके ।।
८
छोडी गयौ तरपनि बारम्बार सम्भिन्छु
मनबाट त हटाईसके तर बेकार सम्झिन्छु ।
मेरो पुरै जीन्दगीलाई नै छिनालेर गयौ
त्यसैले तिमिलाई छुरा अनि तरबार सम्झिन्छु ।।
९
तिमी संग माया प्रिती लाउदा पनि खुसी नै हो
साध दिने मान्छे तिमी पाउदा पनि खुसी नै हो ।
किन भेट्नै आउदिन भन्छ्यौ र प्रिया तिम्ले
कहिले काही त भेट्नभनि आउदा पनि खुसी नै हो ।
१०
सुरुमा उस्ले माया गर्छु भनेको हो
त्यस पछि त तिमी विना मर्छु भनेको हो ।
थाहै भएन उस्ले खै किन यस्तो भन्दै छ
एक्कासी अन्तै बसाई सर्छु भनेको हो ।।