आज २९ औं जनयुद्ध दिवस । जनयुद्ध नेपाली शोषित,पीडित जनताको प्रिया उत्सव हो। जहाँ जनयुद्ध शब्द सुन्दा प्रतिकृयावादी तथा साम्राज्यवादका दलालहरु र नेपाली जनताका सेवक नभई शासक बनेकाहरु साथै समाजलाई पश्चगमनतर्फ धकेल्न चाहनेहरुको मुटुमा ढ्याँग्रो बज्न थाल्छ, त्यहीँ जनयुद्ध शब्दले उत्पिडनमा पारिएका, सत्य र न्यायको आवाज बुलन्द गर्नेहरु, राजनीतिक लगावमा पारिएकाहरु, राज्यको मूलधारमा आउन नसकेकाहरु, योग्यता र क्षेमता अनुसारको काम र काम र आवश्यकता अनुसारको दाम पाउन नसकेकाहरु, गास, बास, कपास, श्वास्थ्य, शिक्षा र रोजगारमा आफ्नो अधिकार प्राप्त गर्न नसकेकाहरुको मनोबल उँचो बनाइदिन्छ । ठगेर खान पल्किएका वर्गवैरीहरुका विरुद्ध एक मुठी प्राण रहेसम्म न्यायका लागि लडिरहने अदम्य शाहस जनयुद्ध शब्दले पैदा गराइदिन्छ । अत्याचारी खुनी शासकको शासनसत्ताका विरुद्ध न्याय र समतामूलक अर्को संसार संभव छ भन्ने एउटा नाराद्वारा समाजमा जागरण पैदा गराइदिन्छ । जनता नै इतिहासका निर्माता हुन् भन्ने सत्यलाई पुष्टि गराइदिन्छ,हो यसैलाइ भनिन्छ जनयुद्ध ।
आज देश मूलभूत रुपमा जनयुद्धले देखाएको बाटोमा अगाडि बढिरहेको छ । जनयुद्ध कै बेसमा २५० वर्षे एकात्मक सामन्ती राजसंस्थाको समूल अन्त्य गरेको कुरा इतिहासमा दर्ज छ। तर पनि जनयुद्धको पुर्व सन्ध्यामा जुन संकल्प गरिएको थियो त्यो आज पूरा भएको छैन।कारण धेरै छन त्याता नजाऔ।राज्यको मूलधारबाट पछाडि पारिएका वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको तर्फवाट राज्यका हरेक निकायमा समानुपातिक अधिकार स्थापित गर्न संघर्षको सुरुवात गरेको दिन।
देश संघीय संरचनामा गएको छ । संघीय, प्रादेशिक र स्थानीय गरी तीन तहका सरकार चलिरहेकाछ्न। सिंहदरवार जनताको आँगनमा पुगेको छ भनिएको छ।तर आज के जनयुद्धको सार्थकता पुष्टि हुने गरि जनयुद्धको मर्म र भावना अनुसार राज्य अगाडी बढेको छ त? पक्कै पनि छैन।त्यसकारण जनयुद्धको जगमा भएका उपलब्धिको रक्षा गर्दै क्रान्तिको बाकी कार्यभार पूरा गर्नु छ यसले मात्र जनयुद्धको सार्थकता पुष्टि हुन्छ।
हामी देख्छौ ! हिजो जनयुद्धकालमा पराजित भएकाहरु आज माओवादी विचार र नेतृत्वप्रती चौतर्फी आक्रमण गरिरहेका छन। जनयुद्ध कै जगमा गणतन्त्र त आयो तर जनताको गणतन्त्र हुनसकेन बिडम्बना भन्नू पर्छ सत्ता दलालहरुको हातमा गयो यसको फाइदा उठाउदै पुर्ब पञ्चे, मण्डलेहरु फेरि पनि देशलाइ पश्चगमनतिर फर्काउने दुस्साहस गरिरहेका छन। खबरदार तिम्रो ती सपना पूरा हुने छैन। बरु बसौ छलफल गरौ देशलाइ निकास दिने हो भने,दलालहरुको पञ्जाबाट नेपाली जनताको हातामा सत्ता ल्याउने हो भने नेपाली विशेषताको समाजवादमा गोलबन्द हुनुको विकल्प छैन।पश्चगमन तिर जाने होइन अग्रगमन तिर लम्कने हो।यहि नै जनयुद्धले देखाएको बाटोको असल अनुयायी हुनेछ। समाजलाइ अधोगतिमा धकेल्न चाहने हरु जनयुद्धका उपलब्धीहरुलाई असफल पार्ने ध्याउन्नमा लागिरहेका छन् । त्यसको उदाहरण न्यायालयले जनयुद्ध दिवसको बिदा कटौती गर्नु।
हुन त कमरेड माओले भन्नुभएको छ –‘कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ । यदि कार्यदिशा सही छ भने नभएका कुरा पनि प्राप्त हुँदै जान्छन तर यदि कार्यदिशा नै गलत छ भने भएका कुराहरु पनि गुम्न पुग्दछन् ।’ यो भनाइ आज पनि उत्तिकै सान्दर्भिक छ।हिजो जनयुद्ध चलिरहदा कार्यदिशा सहि थियो हामी सग नभएका कुराहरु पनि प्राप्त भए । आज जनयुद्धको मुल नेतृत्वमा सहि नीति,कार्यक्रम र कार्यदिशा को अभाव खड्क्यो मुख्य नेतृत्वमै विचलन आयो,त्यसकारण भएका उपलब्धि पनि गुम्ने खतरामा छन।यसप्रति गम्भीर समिक्षाको जरुरी छ।
विरोधीहरुको काम हो, क्रान्तिलाई असफल बनाउन खोज्नु, परिवर्तन र अग्रगमनको यात्रालाई रोक्न खोज्नु!सच्चा क्रान्तिकारीहरुले यसको डटेर सामना गर्नुकोविकल्प छैन। पुरानो सत्ताका पक्षधरहरुले नै परिवर्तन, सरकार र क्रान्तिलाई समर्थन गर्लान् भनेर सोचियो भने त्यो ठूलो गल्ति हुन्छ । बरु विरोधीहरुले सर्मथन गर्न थाले भने प्रष्ट भए हुन्छ कि आफू हिँडेको बाटो गलत छ । विरोधीले विरोध गरिरहनु नै आफ्नो बाटोमा सही भएको प्रमाण हो । विरोधीहरुले असफल बनाउन खोजे भनेर गुनासो गर्नुको कुनै अर्थ छैन । हामी सफल वा असफल के हुने भन्ने कुरा हाम्रै कार्यशैली वा कार्यदिशामा निर्भर गर्दछ ।
देशमा आमूल परिवर्तनका लागि २०५२ फागुन १ गते सशस्त्र जनयुद्धको घोषणा गरिएको थियो । एउटा गतिमा जनयुद्ध आफ्ना तुफानी वेगहरुसँगै अगाडि बढ्दै गयो र एक हदसम्म आफ्नो लक्ष्य र उद्धेश्यमा सफल पनि भयो। अहिलेको बदलिँदो परिस्थितिमा यतिले मात्र पुग्दैन, यसकालागी सम्पुर्ण वामपन्थी,प्रगतिशील मालेमावादी क्रान्तिकारीहरुले अझ धेरै काम गर्नु छ।
जनयुद्धमा प्रत्यक्ष सहभागी भएर योगदान गरेका घाइते योद्धाहरु आज पनि उचित उपचारको खोजीमा भौँतारिइरहेका छन् । कतिपय योद्धाहरु स्वदेशमा रोजगारी नपाएर अरबका खाडीहरुमा पसिना बगाइरहेका छन् । जनमुक्ति सेनामा ४० प्रतिशत भूमिका निर्वाह गरेका महिला योद्धाहरु आज घरको चार पर्खालभित्र कैद भएका छन् । युद्धमा सहभागी भएका महिला नेता कार्यकर्ताहरु आज सबैभन्दा बढी पीडित बन्न पुगेका छन् । शहीद परिवारहरु जटील समस्यामा छन् ।
सरकार, संसद र अन्य सुविधामा पुगेकाहरु सर्वहारावर्गीय चिन्तनबाट विचलित हुनपुगेका छन् । उनीहरुको लवाइखवाई र उठानबैठान हेर्दा लाग्छ उनीहरुको जीवनमा समाजवाद मात्र नभई साम्यवाद नै आइसकेको छ । परन्तु आम जनता, शुभचिन्तक, कार्यकर्ता र शहीद तथा बेपत्ता परिवारहरुको दैनिक जीवनमा समृद्धिको उज्यालो घाम झुल्किनु त परै जाओस्, दुई छाक टार्न पनि मुश्किल छ ।
जनयुद्ध दिवस मनाउनुको अर्थ हो जनयुद्धको स्मरण गर्नु । जनयुद्धको स्मरण गर्नुको अर्थ हो आफ्ना दायित्त्वहरुप्रति जवाफदेही इमानदार र जिम्मेवार बन्नु । सामुहिक जीवनशैली अंगाल्नु र महान सर्वहारावर्गीय संस्कृतिलाई अवलम्बन गर्नु, इतिहास र वर्तमानको निर्मम समीक्षा गर्नु र आफूलाई परिवर्तनको अभियन्ताको रुपमा सदैव अग्रमोर्चामा उभ्याउनु ।
“यति गरियो भने मात्र हामी साँचो अर्थमा जनयुद्धको सम्मान गर्न लायक बन्नेछौँ । जनयुद्ध र इतिहासको भजन गाइरहने तर त्यसबाट सिर्जित समस्या सम्बोधनका लागि पहल गर्नुको साटो जिम्मेवारीबाट पन्छिन खोज्ने वा त्यसका उपलब्धि संस्थागत गर्न पहल नगर्ने हो भने जनयुद्ध दिवस मनाउनुको कुनै औचित्य छैन।त्यसकारण हाम्रो पुस्ताको काँधमा त्यो युगीन दायित्त्व आइपुगेको छ ।
यस्तो समयमा पनि हजारौँको बलिदानबाट प्राप्त उपलब्धि संस्थागत गर्दै नयाँ सभ्य र समुन्नत नेपाल निर्माणको दिशामा जानका लागि नेपाली विशेषताको समाजवादमा जुट्नुपर्छ।यदि नयाँ संकल्प गर्न सकेनौँ भने त्यो इतिहासकै बिडम्बना हुनेछ । शहीद र वेपत्ता योद्धाहरुका सपना पुरा गर्न, नयाँ नेपाल निर्माणको अभिभारा पुरा गर्न आ–आफ्नो ठाँउमा गम्भीर र जिम्मेवार बनौँ । सबैलाई २९औं जनयुद्ध दिवसको हार्दिक शुभकामना।
डिवि सी(लेखक विप्लव नेतृत्वको नेकपाका सुनसरी जिल्ला इन्चार्ज हुन)